Like us!
Follow us!
Connect us!
Watch us!

आज काठमाडौंमा वर्षा हुने, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पानी पर्ने

अर्थ संसार

बुधबार, २० असोज २०७८, ०७ : ४० मा प्रकाशित

आज काठमाडौंमा वर्षा हुने, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पानी पर्ने

आज बुधबार बिहान काठमाडौंको आकाशमा बदली छ । जसकारण घाम झुल्किन सकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायु र स्थानीय वायुको प्रभावका कारण  यस्तो भएको हो । दिउँसो उपत्यकाका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा  छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएको छ । प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनीमा पनि वर्षा हुनसक्ने ठानिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको