Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता र प्रचण्डबीच भेटवार्ता, बुझाए १७ बुँदे मागपत्र

अर्थ संसार

बुधबार, २० असोज २०७८, १४ : ०६ मा प्रकाशित

लगानीकर्ता र प्रचण्डबीच भेटवार्ता, बुझाए १७ बुँदे मागपत्र

सेयर लगानीकर्ताहरूले आज (असाेज २० गते, बुधबार) पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट वार्ता गरेका छन् ।

स्वतन्त्र पुँजी बजार सुधार संघले प्रचण्डसँग छलफल गरी पुँजी बजार सुधारका लागि १७ बुँदे मागपत्र बुझाएकाे संघका अध्यक्ष राेहन कार्कीले जानकारी दिएका छन् ।

सोही क्रममा अर्थमन्त्री जनार्दन शर्मासँग समेत सामान्य छलफल भएकाे उनले बताए ।

नेपालमा केही समयदेखि स्वतन्त्र पुँजी बजार सुधार संघको नाममा विभिन्न विरोधका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । सोही विरोध कार्यक्रमको निरन्तरताको स्वरुप उनीहरूले हिजाे (मंगलबार) र अस्ति (साेमबार) पनि पुँजी बजार विरोधी नियामक निकायहरु विरुद्ध माइतिघर मण्डलामा बृहत प्रदर्शन गरेका थिए ।

आन्दोलनरत लगानीकर्ताहरुको माग यस्ता छन् :

१. विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर तत्कालीन अर्थमन्त्रीद्वारा पारीत गरिएको ५८ बुँदे सहमतीलाई अक्षरस पालना गनुपर्ने ।

२. मौलीक हक अन्र्तगतको सम्पत्तीको हकमाथी प्रहार गरि नेपाल राट्र बैंकले मार्जिन प्रकृतीको कर्जामा एक बैक बाट चार करोड र तिन बैक बाट बाह करोड को एकाघर परिवार र सस्थागत लगानीकर्ताहरु लाई लगाएको सिमाले समग्र पुँजी बजारको बिकासको बाधक बनेको यो व्यवस्था तुरुन्त खारेज गर्नुपर्ने ।

३. आ.व २०७८/०७९ बाट बृद्धी गरिएको ५० प्रतिसत पुंजीगत लाभ कर पुरानै ५ प्रतिशत कायम गर्नु पर्ने ।

४. लामो अवधीको पुँजीगत लाभ कर C-Asba कमिसन Sebon कर लगायतका आम सेयर लगानीकर्ता माथी लगाइएका विभिन्न प्रकारका करहरु तत्काल खारेज गर्नुपर्ने।

५. TMS मा कारोवार समयमा भइरहेको प्राविधिक समस्यालाई व्यवस्थीत तरिकाले तत्काल समाधान गर्नुपर्ने ।

६. FIL, FDIR FPI लाई मन्त्रीपरिषदबाट पास गराएर तत्काल सञ्चान गर्ने व्यवस्था गर्नुपर्ने ।

७. नियमनकारी निकायहरु तथा नेपाल राष्ट्रबैकले जारी गर्ने नितिहरु कम्तीमा तिन आ.व. को लागी परिर्वतन नहुने गरि नियमहरु लागु गर्नुपर्ने ।

८. लगानीकार्ताहरुको अत्याधिक चापका कारण आवश्यक मात्रामा ब्रोकर संख्या थप गरि वाणिज्य बैंकलाई समेत ब्रोकर इजाजत पत्र वितरण गर्नुपर्ने ।

९. ब्रोकर कम्पनीहरुबाट हुने विभिन्न अनुचित कार्य गर्ने ब्रोकरहरुलाई छानबिन गरि त्यस्ता ब्रोकरहरुको इजाजत पत्र तुरुन्त खारेज गर्नुपर्ने ।

१०. न्युनतम १० कित्ता IPO को आवेदन दिन पाउने व्यवस्थालाई निरन्तरता दिनुपर्ने ।

११. बृहत आर्थिक चलखेल गरि साना लगानीकर्ताहरुलाई पुँजीबजारबाट निरुत्साहित गर्ने उद्देश्यले ल्याउन लागिएको बुक बिल्डीङ्ग तत्काल खारेज गरि Per Value मा IPO जारी गर्ने व्यवस्था गर्नुपर्ने ।

१२. अत्याधिक तथा असमान बोकर कमिसन लाई घटाएर ०.१ प्रतिशत Flat Rate उपाध्यक्ष Basis कायम गर्नुपर्ने ।

 १३. बैंक तथा वित्तिय संस्थाहरुले शेयर बजारमा Secondary Market मार्फत शेयर खरिदबिक्री गर्न रोक लगाउने गरि जारी गरिएको निर्देशन तत्काल खारेज गरि बैक तथा वित्तिय संस्थाहरुले पुँजी बजारमा Secondary Market मार्फत लगानी गर्न पाउने पुरानै व्यवस्था कायम गर्नु पर्ने। 

१४ कोभिड १९ को महामारीले गर्दा पछाडी परेको समग्र अर्थतन्त्रलाई उकास्न र राहत पुग्न को लागी कार बतष्य हटाई हालको लागी पुराने CCD Ratio कायम गर्नुपर्ने ।

१५. अरु सबै क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै शेयर कर्जा लाई पनि Total Lending Fund मा समावेश गर्नुपर्ने ।

१६. बैक तथा वितिय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने Margin प्रकृतीको सुनिल कुमार दहाल कर्जामा तोकिएको विद्यमान समयावधीलाई संसोधन गरि पुरानै व्यवस्था अनुसार १२० दिनको औसत मुल्य कायम गर्नुपर्ने । 

१७. विद्युत नियमन आयोगद्वारा हालै जारी गरिएको निर्देशनमा कुनैपनि जलविद्युत कम्पनीको शेयर संस्थागत लगानीकर्ताले खरिद गरि बिक्रि गर्नुपरेमा पन्ध्र दिन अगावै सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने ब्योहोरा अव्यभारिक भएको हुँदा तत्काल खारेज गर्नुपर्ने । 

 

No description available.

No description available.

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको