Like us!
Follow us!
Connect us!
Watch us!

वैशाखमा अरूणभ्यालीकाे हकप्रद आउँदैछः प्रबन्ध निर्देशक न्याैपानेसँग कुराकानी (भिडियाेसहित)

अर्थ संसार टक

सोमबार, १६ चैत्र २०७७, ०० : ०० मा प्रकाशित

अरुण भ्याली हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक रमेशप्रसाद न्यौपानेले नेपाल बिद्युत प्राधिकरणले आफ्नो दायित्व बहन गर्न नसकेको बताएका छन् । अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार टकसँगको कुराकानीमा न्यौपानेले बिद्युत प्राथिकरणले बर्षौसम्म प्रसार लाइन र्निमाण नगर्दा धेरै कम्पनीहरु मारमा परेको भन्दै उनले बिद्युत प्राथिकरण आफ्नो दायित्वबाट भागेको आरोप लगाए । कम्पनीले निकट भविष्यमै हकप्रद सेयर जारी गर्न लागेकाे छ ।

कम्पनीले आगामी बैशाख ८ गतेबाट सर्वसाधारणका लागि हकप्रद निश्कासन गर्न सूचना जारी गर्ने उनले बताए । उनले हकप्रदबाट संकलित रकम निर्माणाधिन जलबिद्युत आयोजनामा लगानी गरिने योजना रहेको बताए ।

विभिन्न कम्पनीहरुमा गरेको लगानीबाट कम्पनीलाई राम्रो मुनाफा भइरहेको भन्दै उनले कम्पनीका लगानीकर्ताहरुलाई दिने लाभांश बढाउन कम्पनी लागिरहेको उनको तर्क छ ।

हाइड्रोपावर कम्पनीहरु दिर्घकालिन प्रकृतिका हुने भएकाले कुनै आर्थिक बर्षमा लाभांश नदिदैमा लगानीकर्ताहरु आत्तिनु नपर्ने भन्दै उनले यस्तो प्रकृतिको कम्पनीमा दीर्घकालिन रुपमा लगानी गर्नु पर्ने उनको तर्क छ ।

अहिले कम्पनीको पाइपलाइनमा ९.९४ मेगावाटको क्यासकेड जलबिद्युत आयोजना, १५ मेगावाटको अप्पर काबेली आयोजना, १४.५ मेगावाटको बुदुमखोला बिद्युत आयोजना रहेकाले क्रमिक रुपमा यी आयोजनको र्निमाण सम्पन्न गरिने योजना रहेको उनले बताए ।

हामी नेपालीले कुनै एक जनाले कुनै क्षेत्रमा सफल भएमा सबै त्यही क्षेत्रमा बुझ्दै नबुझी लाग्ने प्रबृत्तिका कारण, बिद्युत प्राधिकरणले दिई रहेको बिद्युत शुल्क र महंगो ब्याजदरका कारण पनि नेपालमा धेरै हाइड्रोपावर कम्पनीहरु असफल हुन पुगेको उनको अनुभव छ । राज्यले हाइड्रोपावर क्षेत्रको विकासका लागि गर्नु पर्ने कामहरु नगर्दिदा यो क्षेत्र त्यति विकास हुन नसकेको उनको तर्क छ ।

सरकारले निजि क्षेत्रका हाइड्रोपावर कम्पनीहरूलाई सौतनी व्यवहार गरेको उनको आराेप छ । हरेका बस्तुमा मूल्य समायोजन हुँदा बिद्युतको मूल्य भने १६ बर्षदेखि समायोजन नभएको उनको गुनासो छ , सिमेन्ट,रड र जनशत्तिको मूल्य आकासिँदा पनि हाइड्रोपावर कम्पनीले उत्पादन गरेको बिद्युतको मूल्य समायोन नहुँदा कम्पनीहरु मारमा परेको उनको भनाई छ ।

नेपालकै पहिलो निजी क्षेत्रको हाइड्रोपावर कम्पनीका रुपमा स्थापित अरुण भ्याली हाइड्रोपावर कम्पनीको समग्र अवस्था र आगामी रणनीतिका सम्बन्धमा कम्पनीका प्रबन्ध र्निदेशक रमेश प्रसाद न्यौपानेसँग अर्थसंसार डट कमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको