Like us!
Follow us!
Connect us!
Watch us!

विचौलिया कम गर्न कृषि हाट बजार सञ्चालन

अर्थ संसार

सोमबार, २५ असोज २०७८, ११ : ५९ मा प्रकाशित

विचौलिया कम गर्न कृषि हाट बजार सञ्चालन

बागलुङ बजारमा कृषि हात तथा थोक बजार सञ्चालन गरिएको छ ।  कृषि ज्ञानकेन्द्र बागलुङ नगरपालिका र उद्योग वाणिज्य संघको समन्वयमा बागलुङ नगरपालिका –३ गुठीमा हाट बजार सञ्चालन गरिएको हो ।

हाट बजार सञ्चालनमा आएपछि कृषीले सिधै उपभोक्तासँग पहुँच पुर्‍याउने छन् । उपभोक्ताले बजार मूल्यभन्दा केही सस्तो दरमा उपभोग्य सामग्री खरिद गर्न पाउनेछन् । विचौलियाको कारण कृषक र उपभोक्ता दुवै मर्कामा पर्दै आएका छन् । 

हाट बजारको सुभारम्भपछि बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले विचौलियाको मारमा परेका कृषक र उपभोक्तालाई हाट बजारले राहत मिल्ने विश्वास व्यक्त गरे ।

हरेक हप्ताको शनिबार कृषि हाट बजार लाग्ने छ । अन्य बारमा थोक तथा खुद्रा व्यापारको लागि सटर भाडामा दिने हाट तथा थोक बजार व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापाले बताए । समितिले हरेक दिन फलफूल तथा तरकारीको मूल्य तोक्नेछ । 

हाट बजारको भौतिक संरचना निर्माणको लागि बागलुङ नगरपालिकाले पहिलो चरणमा पाँच लाख, दोस्रो चरणमा तीन लाख र कृषी ज्ञान केन्द्रले साढे छ लाख रुपियाँ विनियोजन गरेको अध्यक्ष थापाले बताए । नगरपालिकाले जग्गाको मासिक १५ हजार रुपियाँ भाडा तिर्दै आएको छ । गत वर्षदेखि सुरु भएको हाट बजारमा कोरोनाको लागि नियमित कारोबार हुन सकेको थिएन । 

दुई हजार वर्गफिटमा १० कक्ष रहने गरी सटर निर्माण गरिएको छ । जग्गा आगामी पाँच वर्षसम्मको लागि भाडामा सम्झौता भएको छ । हाट बजारमा कृषि उपज विक्री गर्ने कृषकले सटर भाडामा लिनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको