Like us!
Follow us!
Connect us!
Watch us!

शीर्ष नेताको दसैं : ओली, पौडेल र गौतमको टीका छैन, देउवा, प्रचण्ड, खनालले अरुलाई टीका नलगाइदिने

अर्थ संसार

विहीबार, २८ असोज २०७८, १२ : २८ मा प्रकाशित

शीर्ष नेताको दसैं : ओली, पौडेल र गौतमको टीका छैन, देउवा, प्रचण्ड, खनालले अरुलाई टीका नलगाइदिने

आफ्नो मान्जयनसँगै भोलि शुक्रबार बडादसैँको टीका लगाइँदैछ ।  बडादसैँ नवदुर्गा भवानीको पूजाआराधना र मान्यजनको हातबाट  टीका ग्रहण गरेर मनाइने गरिन्छ । यसर्थ यसवर्ष राजनीतिक दलका शीर्ष नेताहरूहरूको दसैं कस्तो हुनेछ भनेर न्युज कारखानाले यहाँ यसबारे जानकारी दिन खोजेको छ । 

गतवर्ष कोरोना भाइरसका कारणले सबै नेपालीले दसैं, तिहारजस्ता चाडपर्व राम्रोसँग मनाउने पाएका थिएनन् । यस पटक संक्रमण पनि घटेको र प्रायजसोले कोरोनाविरुद्धको खोप लगाएको हुनाले सबै नेपालीले दसैं मनाउने छन् ।  

गतवर्ष संक्रमणका कारणले दसैं मनाउन नपाएका शीर्ष नेता यस पटक भने दसैं मनाउने तयारीमा छन् । शीर्ष नेतामध्ये नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल दुवै जनाका भाइको निधन भएकाले उनीहरूले  दसैँको टीका लगाउने छैनन् । हालै मिर्गौला प्रत्यारोपण गराए आएका पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि यस पटक दसैंमा आराम गरिरहेका छन् । 

प्रधानमन्त्री शेरबहादुर देउवाले दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसवर्षको दसैं परिवारभित्र नै मनाउने भएका छन् ।  परिवारमा उनले छोरीहरू, ज्वाइँ नातिनातिनीसँगै नै उनले दसैं मनाउने तयारी गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । नेता प्रचण्ड यसपटक चितवन जाने नजाने अझै टुंगो भइसकेको छैन । 

‘उहाँले दसैंमा घरपरिवारमा नै मनाउने गर्नुहुन्छ’ उनले भने, ‘तर, यसपटकको ठ्याक्कै कार्यक्रम तय भएको छैन । अब चाँडै नै  तय हुन्छ ।’ उनका अनुसार प्रचण्डले नेता तथा कार्यकर्तालाई भने टीका लगाउने छैनन् । 

यस्तै एमालेका पूर्व नेता वामदेव गौतमले यसपटक कोही सँगै पनि टीका लगाउने छैनन् । माइजुबाट टीका लगाउँदै आएका उनी यसपट माइजुको जुठो परेकोले टीका नलगाउने भएका हुन् । उनी माइजुभन्दा पहिले एमाले नेतृ साहना प्रधानसँग टीका लगाउँदै आएका थिए । उनका स्वकीय सचिव दीपक टमट्टाका अनुसार नेता गौतमले यसपटक परिवारमा नै दसैं मनाउने भएका छन् । परिवारका सदस्यभन्दा बाहिर कसैलाई पनि उनले टीका लगाउने छैनन् । 

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले यसपटक दसैं घरमै परिवारसँगै नै मनाउने भएका छन् । उनले यसपटक आफू र अन्य नेता तथा कार्यकर्ता कसैलाई पनि टीका लगाउने छैनन् । 

भारतको नयाँ दिल्लीबाट भर्खरै मिर्गौला गराएका आएका कारण उनी चिकित्सकले अझै तीन चार महिनासम्म कसैको  सम्र्पकमा नजाने भनेकाले दसंैमा कसैलाई पनि टीका नलगाउने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

‘उपचार गराएर आएपछि उहाँ अहिले पनि आराम गरिरहनु भएको छ,’ उनले भने, ‘त्यसैले यस पटकको दसैंमा उहाँ घरमै बस्नुहुन्छ । चिकित्सकको सल्लाहअनुसार संक्रमण फैलिने डरले उहाँ कसैको सम्र्पकमा जानुहुन्न । त्यसैले टीका कसैसँग पनि लगाउनुहुन्न र अरुलाई पनि लगाइदिनुहुन्न ।’ पहिले नेता खनाल दसैंमा गृहजिल्ला इलाम जाने गरेका थिए । 

यस्तै जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको दसैं काठमाडौंमा नै हुने भएको छ । उनी परिवारसँगै नै दसैं मनाउने तयारी गरेका छन् । उनले आफ्नो बुवा भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गर्ने उनको स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए । 

यस्तै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटक दसैं नमनाउने भएका छन् । उनका भाइको निधनको कारणले उनले दसैं नमनाउने भएका उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भने आफ्नो गृहजिल्ला झापा जाने भएका उनले जानकारी दिए । 

यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दसैंमा काठमाडौंमा नै मनाउने भएका छन् । उनका स्वकीय सचिव मोहन गौतमका अनुसार नेता नेपालले आफ्ना दाइ कृष्णकुमार पौडेलसँग टीका ग्रहण गर्नेछन् । उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई पनि टीका लगाइदिने बताए । 

यस्तै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले यसपटक दसैं नमनाउने भएका छन् । उनका स्वकीय सचिव चिरिञ्जीवि अधिकारीका अनुसार पौडेलका भाइ गोविन्द पौडेलको निधन भएकाले उनले यसपटक दसैं नमाउने भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको