Like us!
Follow us!
Connect us!
Watch us!

महँगीले घेरेको यो दशैँ, सर्वसाधारणहरुले दशैं मान्न सकेनन्

अनुसा थापा

अर्थ संसार

विहीबार, २८ असोज २०७८, १४ : १८ मा प्रकाशित

महँगीले घेरेको यो दशैँ, सर्वसाधारणहरुले दशैं मान्न सकेनन्

नेपालीहरुको महान् चाड विजयादशमी दैलोमै आइसकेको छ । आज दशैंको नवमीको दिन हो भने भोलि टिका । मानिसहरु आ-आफ्नो आफन्तकोमा टीका लगाउन जान्छन् । दशैं आएसँगै भगवतीहरुको महिमा गाउने र पुजा गर्ने काम हुन्छ । 

जसको लागि फलफुल अत्यन्त आवश्यक पर्दछ । आफन्त भेट्न जान पनि फलफुल, मिठाइ, आदि चीजबीजको निकै आवश्यक पर्छ । अझ दशैंमा सबैभन्दा बढी आवश्यक पर्ने चीज भनेको माछामासु पनि हो । शाकाहारीहरुले भने दशैंमा दुध, दही, पनिर जस्ता दुग्धजन्य खानेकुराको उपभोग गर्छन् । 

माछामासुको साथसाथै हरियो तरकारी पनि निकै आवश्यक पर्छ । खानामा सन्तुलन राख्नको लागि सबैले हरियो तरकारीको प्रयोग गर्दछन् । तर चाडबाडको मौका छोपेर व्यापारीहरुले सर्वसाधारणको भान्सामा प्रयोग हुने यस्ता खाध पदार्थहरुको ह्वात्तै मुल्यवृद्धि गरेको छन् । 

दशैंअघि नब्बे रुपिँया दर्जन पाउने केरा अहिले एक सय पचास रुपिँयासम्म पर्न गएको छ । दुई सय पचास पर्ने स्याउको अहिले बजार मुल्य प्रतिकेजी चार स रुपिँयासम्म परेको छ । नरिवल र हाँसको फुलको मुल्य व्यापारीहरुले दोब्बर उठाएको छन् । 

व्यापारीहरुले एकैदिनमा सामानको मुल्य दोब्बर गराएर जनता ठग्दा शेरबहादुर देउवाको सरकार कहाँ छ । अनुगमन गर्नतर्फ कुनैपनि सम्बन्धित निकायको ध्यान गएको छैन् । जसले खाधवस्तुको उत्पादन गरेको छ उसले न बजार पाउन सकेको छ । 

न त किसानले आफ्नो उत्पादित सामानको उचित मुल्य नै पाउनै सकेको छन् । मासु पसलेहरुको पसलैपिच्छे छुट्टाछुट्टै भाउ छ । कुनै मासु पसलमा किलोको चौध सय छ भने कुनैमा पन्ध्र सय छ । खसीको भनेर बाख्राको मासुसमेत मिसाउने गरेको छन् । 

कुखुराको मासु तीन सय पचासदेखि साढे चार सयसम्म छ । माछा, राँगा र बुँगुरको मासु पनि मनलाग्दी भाउ तोकेर बिक्री वितरण भइरहेको छ । राँगाको मासु भनेर भैसीँको मासु बेचिरहेको छन् मासु पसलेहरुले । भन्नलाई जिँउदो कुखुरा भन्छन् तर मरेको हो कि भन्ने पनि कसैलाई पत्तो छैन् ।

अण्डा प्रतिगोटा बीस रुपिँया तोकेको छन् । दशैंमा सबैभन्दा आवश्यक पर्ने चीजबीज भनेको माछामासु र अण्डा हो । तर यी खाधवस्तुहरुमा पनि मिसावट गरेको पाइन्छ । 

बजारमा पाइने अधिकांश मदिरा स्वास्थ्यलाई हानि गर्ने खालको छन् । घरमा बनाइने लोकल मदिराहरुमा समेत अखाध वस्तुहरुको मिसावट छ । सिलप्याक मदिरा पनि त्यस्तै हो । नामचाहि ठुल्ठुला मदिरा कम्पनीको राख्दै बिक्री वितरण भइरहेको छ । 

नेपालको अधिकांश सर्वसाधारण शाकाहारी छन् । उनीहरुको माछामासु खादैनन् । त्यसैले चाडबाडको बेलामा मिठाइ खान रुचाउँछन् । आफन्तका लान पनि मिठाइको खरिद गर्ने गरिन्छ । तर मिठाइ पसलेहरुले गुणस्तरणहीन मिठाइ बिक्री वितरण गरिरहेको छन् । झिँगा भन्किएका, बासी सडेगलेको मिठाइहरु पनि बजारमा उपलब्ध छन् । जनताहरु पनि त्यस्ता मिठाइको प्रयोग गनै बाध्य छन् । मिठाइ बनाउने ठाँउसमेत निकै फोहोर छ । मिठाइ पसलेहरुले आफुखुसी मिठाइको मुल्य निर्धारण गरेको छन् । मिठाइहरु खानयोग्य छ कि छैन् भन्ने कुरा कसैलाई पनि थाहा छैन् । 

बजारमा अहिले पनि सडेगलेका, बासी र म्याद सिदिएको सामानहरु पनि बिक्रीको लागि राखिएको छ । जनताले त्यस्ता व्यापारीको विरोधमा उजुरी गनेृ ठाँउ काही छैन् । कति व्यापारीले बिना दर्ता व्यवसाय सञ्चालन गरेको छन् । पसलमा सरकारले तोकेअनुसारको भाउमा कुनै पनि सामान पाइँदैन् । 

एकातिर उनीहरुको दर्ता पनि छैन् । चाडबाडको बेलामा सरकोले सकेसम्म अनुगमन गर्ने जनशक्तिमा वुुद्धि गर्नुपर्ने हो । अनुगमन गर्न जिम्मा पाएका सम्बन्धित निकायहरुले प्रधानमन्त्रीको हाताभित्र छ । तर प्रधानमन्त्रीलाई राजनितिक दलको भागबण्डा मिलाउदै ठिक्क छ । 

प्रधानमन्त्रीको सबैभन्दा निकट व्यक्तिहरु कुन कर्मचारीलाई सरुवा र बढुवा गर्ने भनेर सोच्न मै व्यस्त छन् । कसले कमिशन दिन्छ यो सोचेर भ्याए त यिनीहरुलाई जनताको बारेमा सोच्नलाई फुर्सद हुन्छ । यो भन्दा बढी सोच्न यिनीहरुसंग दिमाग पनि त हुनुपप्यो । 

जतिखेर नि ठेक्का पट्टाबाट आउने कमिशनको पछाडि दौडिएका छन् । अनुगमन गर्न खटिएका कर्मचारीहरु व्यापारीहरुसंग पैसा लिएर मज्जाले दशैं मानेर बसेको छन् । अनुगमन गर्न जाने कर्मचारीहरुको घरघरमा व्यापारीहरुले सामान पुप्याइदिएको छन् । 

जनताले तिरेको करबाट तलब खान्छन् । गाडी चढ्छन्, लुगा लाउछन् । अनि कामचाहि व्यापारीको गर्छन् । यस्ता भ्रष्ट कर्मचारीबाट केको अनुगमन होला भन्ने आशा राख्न सकिएला । विपक्ष दलका राजनितिक पार्टी र सांसदहरु महँगीको विषयमा आवाज उठाउदैनन् । 

यिनीहरुले पनि जनताले तिरेको करबाट तलब र सेवासुविधा लिएको छन् । तर व्यापारीसंग किलेर भ्रष्ट्रचार गरेको छन् । अहिले हरेक कुरामा मँहगी बढेको छ । सबैभन्दा बढी मँहगी बढेको तेलमा हो । सार्वजनिक यातायातमा पनि सरकारले ह्वात्तै भाँडा बढाएको छ । 

पोहोर पन्ध्र सय तिर्नपर्ने उति नै बाटोमा पच्चीस सय तिर्न जनता बाध्य छन् । एकसाताको खानेतेलमा पचास रुपिँयासम्म मुल्यवृद्धि भएको छ । यत्रो मँहगो भाउमा सामान खरिद गर्नु छ । तैपनि सामान गुणस्तरीय छ भनेर कसैले पनि प्रतिबद्धताको साथ बेच्न सकेको छैन् । 

व्यापारीहरुले नै सामानमा मिसावट गरेको छन् । तौलमा समेत व्यापारीले उपभोक्ता ठगेको छन् । ससाना खुद्र पसलेसंगै भाटभटेनी जस्ता ठुला मलहरुले कम तौल राखेर सामान बेचिरहेको छन् । प्याकेटमा एक केजी लेखेको हुन्छ तर तौल निकै नै कम हुन्छ । 

व्यापारीहरुको जनता ठग्ने पोलेसी नै यही हो । हुन त व्यापारीको अगाडि राजनितिक दलदेखि लिएर सरकारको केही लाग्दैन् । त्यही व्यापारीले राजनितिक दलका नेताहरुलाई चुनाव लड्नको लागि चन्दा दिएको हुन्छन् । व्यापारीहरुले खुल्ला रुपमा हामीले यो पार्टीलाई यति चन्दा दिएको भनिरहेको हुन्छन् । 

राजनितिक दलले उधोग व्यापार, निर्माण व्यवसायी वा अन्य जुनसुकै व्यवसायीहरुलाई पार्टीको सदस्य बनाउने र यिनीहरुसंग लेबी उठाउने अनि जनता ठग्ने काम गरेको छन् । राजनितिक दलहरुले पैसा खाएर मनोनित सांसद बनाउने काम गरेको छन् । 

राजनितिक दलहरुले पैसा लिएर मनोनित सांसद बन्नेमा स्वास्थ्य, शिक्षा क्षेत्रका साँसदहरु सम्म पर्छन् । यस्ता माफियाहरु पैसाको आडमा मन्त्रीसम्म बने । कर्मचारीहरुलाई सरकारले दिएको तलब नपुगेर व्यापारीहरुसंग मिल्दा मँहगी बढेको हो । न इमान्दारिता राजनितिक दलमा छ न त सरकारी कर्मचारीहरुमा नै छ । 

तर यसको मारमा भने जनता परेको छन् । यिनीहरुको यस्तो व्यवहारको कारणले पनि जनता भोकभाकै मर्नुपर्ने स्थिति आएको छ । दशैं नेपाली जनताको चुल्होमा दशा बन्न पुगेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको