Like us!
Follow us!
Connect us!
Watch us!

सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन पुनः बन्द !

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १६ : १७ मा प्रकाशित

सवारी चालक अनुमतिपत्रको अनलाईन आवेदन पुनः बन्द !

कोरोनाका कारण लागेको लकडाउनले गर्दा करिब ६ महिनासम्म बन्द भएर २ दिन अघिमात्र खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली पुनः बन्द भएको छ ।

आज विभागले एक सूचना जारी गर्दै सर्भरमा समस्या देखिएपछि प्रणाली बन्द गरिएको जनाएको छ ।

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा केही प्राविधिक समस्या देखिएको हुनाले मर्मतका लागि बन्द गरिएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ । यसबाट सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । प्रणाली मर्मतको कार्य भइरहेको व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराईन्छ सूचनामा भनिएको छ । 

617a7caa47ff7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको