Like us!
Follow us!
Connect us!
Watch us!

परिसंघमा स्टार्टअप्स अभियान समिति गठन

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, १७ : ५८ मा प्रकाशित

परिसंघमा स्टार्टअप्स अभियान समिति गठन

नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स)को प्रवद्र्धनका लागि नेपाल उद्योग परिसंघले स्टार्टअप्स अभियान समिति गठन गरेको छ । युवा उद्यमी आयुषी केसीको सभापतित्वमा गठन भएको समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा परिसंघका उपाध्यक्ष रोहित गुप्ता भएका छन् । 

नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले समिति गठन गरिएको छ । समितिले नेपालमा स्टार्टअप्सको निरन्तर प्रवद्र्धनको काम गर्नेछ । 

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनकालागि समितिले सरकारसँग सहकार्यक्रमा काम गर्न सक्ने बताए । उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको बताउँदै नयाँ क्षेत्रहरुमाकाम गर्ने संभावना रहेको उल्लेख गरे । 

“अहिले व्यवसायमा परिवर्तन भइहेका छन्, यसै समितिमार्फत मेन्टरसिपको काम गर्न सकिन्छ,” परिसंघका अध्यक्ष अग्रवालले भने, “सरकारले ५ वटासम्म स्टार्टअप्सलाई १ लाख रुपैयाँका दरले प्रदान गर्न सकिने भनेको छ, त्यसमापनि यस समितिले काम गर्न सक्छ ।”

यसैगरी परिसंघका उपाध्यक्ष रोहित गुप्ताले यस समितिमार्फत व्यवसायमा आएका नयाँनयाँ सोचबारे सदस्यहरुलाई जानकारी गराउन सकिने बताए । 

समितिकी सभापति आयुषी केसीले कोरोना महामारीका कारण २५ प्रतिशत स्टार्टअप्स बन्दभएको बताउँदै यस्ता व्यवसायको सफलताको दर असाध्यै कमजोर रहेको उल्लेख गरे । उनले सन् २०२२ को मार्चभित्रमा नेपालमा स्टार्टअप्स सम्मेलन गर्ने सोच यस समितिको रहेको जानकारी गराए । 

समितिको सहसभापतिमा चाङ अग्रवाल रहेका छन् ।  यसैगरी समितिको सदस्यहरुमा सागरदेव भट्ट, अमुनथापा, रुपेशकृष्ण श्रेष्ठ, मनिषश्रेष्ठ, प्राचीअग्रवाल, तेजिङ गोन्सरडा मनिषथापा,लतिकागोल्यान, शिखर पण्डित, सुमन रायमाझी र इमरानअली छन् ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको