फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।
संस्थाकाे कार्तिक १३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे बाह्राैँ वार्षिक साधारण सभा मंसिर १६ गते, बिहीबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा संस्थाकाे भदाै १९ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव पारित गरिनेछ ।
त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
संस्थाले प्रकाशन गरेको सूचना यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस