Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोसीका कर्मचारी आन्दोलित, आजबाट विद्युत् उत्पादन नै बन्द गर्ने

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, ०८ : ०९ मा प्रकाशित

अप्पर तामाकोसीका कर्मचारी आन्दोलित, आजबाट विद्युत् उत्पादन नै बन्द गर्ने

अप्पर तामाकोसि जलविद्युत आयोजनामा करार सेवामा काम गरिरहेका कर्मचारीहरुलाई स्थायी गर्न माग गर्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

आयोजना व्यवस्थापनसँग यसअघि भएको सहमतिअनुसार करारका कर्मचारीलाई स्थायी नगरी ज्यालादारी कर्मचारी भर्ना गर्न प्रक्रिया अघि बढाएको भन्दै माथिल्लो तामाकोसी स्वतन्त्र कर्मचारी युनियनले आजदेखि आयोजनाका सबै प्लान्टबाट उत्पादन ठप्प पार्ने निर्णय गरेको हो ।

आन्दोलित कर्मचारीसँग केही दिनदेखि वार्ता भइरहेपनि भंग गरेर युनियनले आफ्नो पूर्वघोषित कार्यक्रमअनुसार बुधबारबाट प्लान्ट बन्द गर्ने निर्णय गरेको हो । तिहारमै महत्वपूर्ण आयोजना बन्द हुने भएपछि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आन्दोलनमा सहभागी नहुन र काममा फर्किन कर्मचारीलाई विज्ञप्तिमार्फत आग्रह गरेको  छ ।

तामाकोशी हाइड्रोपावर लिमिटेडले कर्मचारीले आन्दोलन गरेर उत्पादन बन्द गराएमा कानुनअनुसार कडा कारवाही चेतावनी दिएको छ । विद्युत् अत्यावश्यक सेवा भएकाले हड्ताल गरेर सेवा अवरुद्ध गरे ६ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था रहेको कम्पनीले स्मरण गराएको छ ।

कम्पनीले तिहार पर्वमै लक्षित गरेर गरिएको आन्दोलन तुरून्तै फिर्ता लिन आग्रह गरेको छ । वार्तामार्फत नै समस्याहरुको निकास खोजिने भन्दै कर्मचारीलाई धम्क्याएर ड्युटी गर्न नदिनेजस्ता गैरकानुनी काममा संलग्न नहुन र युनियनको घोषित कार्यक्रममा सहभागी नहुन सबै कर्मचारीलाई अनुरोध गरेको छ । कम्पनीले तिहार र छठपछि वार्तामार्फत समस्या समाधानका लागि फेरि पहल थाल्ने विज्ञप्तिमार्फत बताएको छ ।

6181f378d3736.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको