Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशीका कर्मचारीको आन्दोलन फिर्ता, नियमित बिद्युत उत्पादन हुने

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, ११ : ४६ मा प्रकाशित

अप्पर तामाकोशीका कर्मचारीको आन्दोलन फिर्ता, नियमित बिद्युत उत्पादन हुने

अप्पर तामाकोसी जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। कर्मचारीहरूले आजदेखि विद्युत उत्पादन बन्द गर्ने चेतावनी दिएका थिए ।

अस्थायी, करारमा राखिएका कर्मचारीलाई आयोजना सम्पन्न भएसँगै स्थायी गराउनुपर्ने लगायतका तीन बुँदे माग राख्दै कर्मचारीले कात्तिक १३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका थिए। आयोजनामा हाल ११४ अस्थायी र करारका कर्माचारी रहेको जनाइएको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक विज्ञानप्रसाद श्रेष्ठले कर्मचारीका मागलाई वार्ता र संवादबाट सम्बोधन गर्न मौखिक सहमति भइसकेको बताए।

लामाबगरमा निर्माण भएको ४५६ मेगावाट क्षमताको माथिल्लो सो आयोजना केही महिनाअघिदेखि मात्र पूर्ण क्षमतामा उत्पादन हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको