कार्तिक महिनामा विभिन्न ८ वटा कम्पनीहरूले साधारण सभा गर्दैछन्। जसमध्ये, ७ वटा कम्पनीकाे वार्षिक साधारण सभा र एउटा कम्पनीकाे विशेष साधारण सभा हुन लागेकाे हाे ।
१. गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे असाेज ३१ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे छैठाैँ वार्षिक साधारण सभा कार्तिक २२ गते, साेमबार न्यू अञ्जुली हाेटल, धनकुटामा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे असाेज १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.८८९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ८ गतेदेखि कार्तिक २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
२.. माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडकाे २३औँ वार्षिक साधारण सभा कात्तिक २६ गते दिउँसो ११ बजेदेखि होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ । सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियाे । त्यसैले, कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. मुक्तिनाथ क्यापिटल लिमिटेड
मुक्तिनाथ क्यापिटलको कार्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले गरेकाे निर्णय अनुसार क्यापिटलकाे विशेष साधारण सभा कार्तिक २३ गते, मंगलबार मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यलय काठमाडौँ प्लाजा, कमलादी काठमाडौँमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत हुने छ । कम्पनीको विशेष साधारण सभामा १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित लगिनेछ ।
४. हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रथम वार्षिक साधारण सभा कार्तिक २६ गते, शुक्रबार होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा अपरान्ह ५ बजेबाट सुरू हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ ।लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकको पारिश्रमिक, मता तथा सुविधा लगायतका विभिन्न प्रस्तावहरू सभामा पेश हुनेछन् । सभामा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पनि रहेकाे छ ।
५. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १३औँ वार्षिक साधारण सभा कात्तिक २७ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभाले संस्थाको भदाै २२ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असाेज २५ गतेदेखि एकिकृत काराेबार गरेकाे हुनाले बाेनसमा कर लाग्दैन । संस्थाले साधारण सभा प्रयोजनका लागि कात्तिक १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेकाे छ । त्यसैले, कार्तिक ११ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र बोनस सेयर प्राप्त गर्न सक्नेछन् ।
६. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा कार्तिक २८ गते, बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक १४ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले, कार्तिक ११ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
७. आशा लघुवित्त वित्तीय संस्था लिमिटेड
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाँचाै वार्षिक साधारण सभा कात्तिक २७ गते शनिबार, फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बिहान १० बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे असोज १७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
८. आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड
आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडकाे छैठाैँ वार्षिक साधारण सभा कार्तिक ३० गते, मंगलबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे केन्द्रिय कार्यालय। सिंहदरबार प्लाजामा दिउँसाे ३ बजेबाट सुरू हुनेछ । सभामा चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस