Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि रैराङ हाइड्रोपावरको दोस्रो बजार कारोबार रोक्का हुने !

अर्थ संसार

सोमबार, २२ कार्तिक २०७८, ०८ : ०९ मा प्रकाशित

आजदेखि रैराङ हाइड्रोपावरको दोस्रो बजार कारोबार रोक्का हुने !

आज सोमबारबाट रैराङ हाइड्रोपावर कम्पनीको सेयरको दोस्रो बजार कारोबार रोक्का हुने भएको छ । रैराङ रैराङ हाइड्रोपावर रिडी हाइड्रोपावरमा बिलय हुने भएकाले संयुक्त कारोबार सुरु नहुन्जेल सम्मको लागि रैराङ हाइड्रोपावरको सेयर कारोबार धितोपत्रको दोस्रो बजारमा रोक्का हुने भएको छ ।

रैराङ हाइड्रोपावर कम्पनी र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच  एक आपसमा मर्जर गर्ने सम्झौता भएको छ । बुधबार भएको समझदारी बमोजिम दुबै कम्पनीको सञ्चालक समितिबाट मनोनयन भई संयुक्त मर्जर कमिटी बन्ने भएको छ ।


कम्पनीले नेप्सेमा उठाएको पत्रमा दुवै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेल सम्मको लागि प्रचलित कानुन बमोजिम अस्थाई रुपमा रैराङ हाइड्रोपावर कम्पनी को दोस्रो बजारमा हुने शेयर कारोबार रोक्का राखिदिन निवेदन पेश गरेको उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको