Like us!
Follow us!
Connect us!
Watch us!

८ वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा १ अर्ब नाघ्यो, कुनको कति ?

अर्थ संसार

सोमबार, २२ कार्तिक २०७८, १२ : १३ मा प्रकाशित

८ वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा १ अर्ब नाघ्यो, कुनको कति ?

नेपालका कुल २७ वाणिज्य बैंकहरुमध्ये २६ वटा बैंकहरु नेप्सेमा सूचिकृत छन् र उक्त बैंकहरुको सेयरको कारोबार दोस्रो बजारमा हुने गर्दछ । नेप्सेमा सूचिकृत सबै २६ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

कम्पनीमा कति वितरण योग्य मुनाफा छ त्यसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई कतिसम्म लाभांश वितरण गर्नसक्छ भन्ने कुराको पूर्वानुमान गर्न सकिन्छ । यो आर्थिक वर्षको पहिलो त्रेमाससम्मको मात्र वित्तिय विवरण भएकाले अहिले नै यसकै आधारमा कति लाभांश वितरण गर्ला भनेर भन्न भने सकिँदैन ।  

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सार्वजनिक वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफामा सबैभन्दा बलियो ग्लोबल आईएमई बैंक देखिएको छ । समिक्षा अवधीसम्ममा बैकको वितरणयोग्य मुनाफा ३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । 

तेस्तै अवधीमा सबैभन्दा कम वितरण योग्य मुनाफा बैंक अफ काठमांडौको देखिन्छ । बैंकको वितरणयोग्य मुनाफा समिक्षा अवधिसम्ममा २ करोड ९२ लाख रुपैयाँमा सीमित रहेको देखिन्छ । 

समिक्षा अवधिमा २६ बैंकहरुमध्येमा ८ वटा वाणिज्य बैंकहरुको वितरणयोग्य मूनाफा १ अर्ब भन्दा बढी देखिएको छ भने ४ वटा बैंकहरुको वितरणयोग्य मूनाफा १० करोड भन्दा पनि कम देखिएको छ ।

बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस्तो छ वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफाको अवस्था :

6188c6915581d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको