तिहार विदा पछिको अहिलो दिन आज सोमबारको कारोबारमा नेप्से परिसूचक १९.२ अंकले घटेर २८२९.६४ को बिन्दुमा पुगेको छ । आज नेप्सेमा १३ वटा उपसमूहहरु मध्यमा ३ वटा उपसमूह बढेको छ भने १० वटा उपसमूहको सूचक घटेको छ ।
आज नेप्से परिसूचक दोहोरो अंकले घट्दा जम्माा ४२ वटा मात्र कम्पनीको सेयर मूल्य बृद्धि भएको छ । आज सबैभन्दा बढि मूल्य सेयर मूल्य बढ्ने कमपनीहरुमा आईसीएफसी फाइनान्स र साहास उर्जा लिमिटेड रहेका छन् । यी दुबै कम्पनीहरुको सेयर मूल्य समान १० प्रतिशतले बृद्धि भएको छ । साहास उर्जाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ५२ रूपैयाँ ५० पैसा र आईसीएफसीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६३ रूपैयाँ पुगेको छ ।
साहास उर्जाको आईपिओ केहि दिन अघिमात्र नेप्सेमा सुचिकृत भएर दोस्रो बजार कारोबार प्रारम्भ भएको हो कारोबारको सुरु दिन देखि नै निरन्तर सेयर मूल्य बृद्धि भइरहेको छ भने आईसीएफसी फाइनान्सको सेयर मूल्यमा भने कारोबारको अन्तिम समयमा आएर सर्किट लागेको हो । अघिल्लो अन्तिम कारोबार दिन पनि फाइनान्सको सेयर मूल्य अन्तिम समयमा सकारात्कम सर्किट लेभलमा पुगेर कारोबार बन्द भएको थियो ।
यी हुने आज सर्वाधिक सेयर मूल्य बृद्धिहुने १० कम्पनीहरुः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस