Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको नाफामा २९७ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, ०७ : ३३ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको नाफामा २९७ प्रतिशतको छलाङ, प्रतिसेयर आम्दानी कति ?

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा २९७.७८ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड २३ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १४०१ प्रतिशतले बढेर १६ करोड १७ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ७ लाख रूपैयाँमा सिमित रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १४०.९४ प्रतिशतले बढेर २७ करोड १९ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र जगेडा कोषमा ९५ करोड ५८ लाख रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५१ रुपैयाँ ४२ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ५८ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) २७.०३ गुणा रहेको छ ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

6189d3d38ce5d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको