Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य, साधारणसभा सम्पन्न

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, २१ : ४७ मा प्रकाशित

कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य, साधारणसभा सम्पन्न

 कामना सेवा विकास बैंक लिमिटेडको अध्यक्षमा पुन : सुदीप आचार्य  चयन भएका छन्  । आज सम्पन्न बैंकको पन्ध्रौ वार्षिक साधारणसभाले सुदीप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, देबकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुबेदी  सहित छ जना संचालक निर्बिरोध निर्बाचित गरेको थियो।

कामना सेवा विकास बैंकको  १५ औं वार्षिक साधारणसभा मंगलबार काठमाडौं बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको थियो । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभावकायमै रहेको हुंदा नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्स तथा भौतिक उपस्थितिको माध्यमबाट सञ्चालन गरिएको थियो ।

साधारणसभामा बैंकको चुक्तापूँजीको झण्डै ५४.७४प्रतिशत भन्दा बढी शेयरधनीको प्रतिनिधित्वहुने गरी २५० जना मात्र शेयरधनी महानुभावको स्वयम् उपस्थिति रहेको थियो भने १०० जना भन्दा बढी शेयरधनीहरु भर्चुअल मार्फत जोडिएका थिए ।

साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी रु.२,६५,१९,६३,७३१.५९ को १८.५० प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.९७ प्रतिशत समेत गरी कुूल१९.४७ प्रतिशत लाभाँश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

बैंकले आ.व. २०७८/०७९ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षकपी.के.एफ टि आरउपाध्याय एण्ड कम्पनीलाई नियुक्ति गरेको छ । उक्त सभामा बैबैंककाअध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिकप्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७७/०७८कोवासलात, नाफा/नोक्सानहिसाब, नगद प्रवाहविवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७८/०७९ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरणर भावी कार्ययोजना प्रस्तुत गरेका  थिए । 

कोभिडको प्रभावकम हुंदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुंदै गएको हुनाले शाखा सञ्जाल, बैंकि¨ कारोबारको संख्यामा भएको उल्लेख्य बृद्घि, कर्जा तथा निक्षेपमा भएको वृद्धिआदिको कारण समीक्ष वर्षमा राम्रो प्रतिफल प्रदान गर्न सफलभएको र आगामी दिनमा अझै राम्रो प्रतिफल प्रदानगर्ने प्रतिबद्धता व्यक्त गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिलहुने गरीकार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल वकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताए ।

स्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकका निर्वाचन कार्यक्रम समेत रहेको यस साधारणसभाबाट संस्थापक समूहबाट सुदिपआचार्य, भिम प्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधरण समूहतर्फबाट देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम बरालनिर्विरोध निर्वाचितहुनु भएको घोषणा निर्वाचन अधिकृत यादव प्रसाद ढङ्गानाले गरेका थिए ।

बैंक सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा सञ्चालक चतुराखर अधिकारीले शेयरधनीमहानुभावहरु ल्गायत उपस्थित सबैलाई मन्तव्यमार्फत स्वागतगर्नु भएको थियो भने सञ्चालक बलराम बराललेधन्यवाद ज्ञापन गर्नु भएको थियो । उक्तकार्यक्रमको सञ्चालन कम्पनी सचिव  हरि प्रसाद लम्सालले गरेका थिए । 
 

618a9cec7702c.jfif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको