Like us!
Follow us!
Connect us!
Watch us!

यातायात व्यवसायी भरतनाथ योगीले २० वर्षपछि पाए न्याय

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, ११ : ०८ मा प्रकाशित

यातायात व्यवसायी भरतनाथ योगीले २० वर्षपछि पाए न्याय

दाङका यातायात व्यवसायी भरतनाथ योगीले २० वर्षपछि न्याय पाएका छन् । राज्यबाट पीडित योगीले २० वर्षपछि सर्वोच्चको फैसलाबाट न्याय पाएको बताए । 

योगीलाई १ करोड ४ लाख ९७ हजार ८ सय ६६ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।

सशस्त्र द्वन्द्वकालमा नेपाली सेनाले चार वटा गाडी कब्जा गरेको घटनाका पीडित २०५८ सालमा घोराही ब्यारेकमा तत्कालीन विद्रोही नेकपा माओवादीले आक्रमण गरेपछि दाङको घोराही उपमहानगरपालिका-१७ का यातायात व्यवसायी योगीको बस नेपाली सेनाले कब्जामा लिएको थियो ।

योगीको ना२ख २४४३, ना२ख ५३८३, रा१ख २८१ नम्बरको बस र बा३च ७५६१ नम्बरको जिप माओवादी कार्यकर्ता र उनीहरूको बन्दोबस्तीका सामान ओसारपसारमा प्रयोग भएको भन्दै झन्डै दुई वर्ष नियन्त्रणमा लिएर आफै प्रयोग गरेको थियो । २०५८ मंसिर ८ गते नियन्त्रणमा लिएका ती गाडी आफै प्रयोग गरेर २०६० भदौ १० गते योगीलाई बुझाएको थियो । 

योगीले तीन वटा बसमध्ये एउटाको १३ लाख २० हजार, अर्कोको १७ लाख ६० हजार र अर्को बसको १५ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति पाउनु पर्ने माग गरेका थिए । यसैगरी जिपको १७ लाख ६० हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने माग गरेको उनले बताए । 

न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासको फैसलाले  योगीको न्यायको फैसला गरेका हुन् । सर्वोच्चले जिल्ला प्रशासन कार्यालयलाई उक्त रकम क्षतिपूर्तिका लागि संघीय सरकारलाई सिफारिस गर्न सरकारलाई क्षतिपूर्ति रकम दिन परमादेश जारी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको