लुम्बिनी विकास बैंक लिमिटेडकाे लाभांश परिमार्जन भएकाे छ । नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंकले लाभांश परिमार्जन गरेकाे हाे ।
बैंकको कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाेमा अब बैंकले १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्नेछ ।
बैंकले नगद घटाएर बाेनस बढाएकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस