विभिन्न १० वटा कम्पनीहरूले साधारण सभा आह्वान गरेका छन् । जसमध्ये, ९ वटा कम्पनीकाे लाभांश प्रस्ताव रहेकाे छ । बाँकी एउटा कम्पनीले भने लाभांश प्रस्ताव गरेकाे छैन ।
नेपाल बङ्गलादेश बैंक लिमिटेडकाे २७औँ वार्षिक साधारण सभा मंसिर २ गते बिहीबार, बैंककाे रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । सभामा बैंककाे असाेज २४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक १५ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, कार्तिक १४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे चाैँथाे वार्षिक साधारण सभा मंसिर ५ गते आइतबार धरान व्याकेट, धरान–१३, सुनसरीमा हुनेछ । सभामा संस्थाकाे असाेज १८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक २३ गते, मंगलबार बुकक्लाेज गरेकाे छ । त्यसैले, कार्तिक २२ गते, साेमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे एघाराैँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभामा कम्पनीकाे साउन २४ गते, आइतबार बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले, कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ८औँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार एशियन हाेटल, कालिकानगर, बुटवल, रूपन्देहीमा बिहान ९ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ३० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक २९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडकाे छैठाैँ वार्षिक साधारण सभा कार्तिक ३० गते, मंगलबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडकाे केन्द्रिय कार्यालय। सिंहदरबार प्लाजामा दिउँसाे ३ बजेबाट सुरू हुनेछ । सभामा चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे दशाैँ वार्षिक साधारण सभा मंसिर १० गते शुक्रबार अग्रवाल भवन कमलपोखरी काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि ३० कात्तिकमा बुकक्लोज गर्ने भएको छ । त्यसैले, २९ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन्।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले साधारण सभामा सहभागी हुने र लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र १६ प्रतिशत लाभांश लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे चाैधाैँ वार्षिक साधारण सभा मंसिर १९ गते, आइतबार अग्रवाल भवन, कमलपाेखरी, काठमाडाैँमा दिउँसाे २ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, मंसिर ९ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् ।
सोल्टी होटेल लिमिटेडकाे ४७औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, ताहाचल, काठमाडाैँमा भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूकाे हात खाली हुने भएकाे छ । त्यसैगरी, साधारण सभा प्रयाेजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि मंसिर २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बाह्राैँ वार्षिक साधारण सभा मंसिर १६ गते, बिहीबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाकाे भदाै १९ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने पस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर ५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस