राष्ट्रिय राजनीतिको सरगर्मी बढेका बेला देश चिसोले कठ्यांग्रिएको छ । जनता चिसोले कठ्यांगि्रएका बेला नेताहरू वातानुकूलित बंगलामा बसेर सत्ताको अंकगणित मिलाउन कोशिस गरिरहेका छन् । राज्यविनाको नागरिक हुदैन र नागरिक विनाको राज्य हुँदैन । राज्य सबैको संरक्षक हो । सरकार अभिभावक हो । तर के देश र जनताप्रति उत्तरदायी नेता र पार्टीहरू छन् ? यदि छन् भने हामी नागरिकलाई जवाफ चाहियो ।
लोकतन्त्रको एउटा मुख्य पिलर न्यायालय पनि हो । न्यायालयको स्वच्छता र निश्पक्षताविना लोकतन्त्र सुदृढ हुन सक्दैन । न्यायालयको स्वच्छता र निश्पक्ष र गरिमालाई लिएर विभिन्न समयमा विभिन्न कुराहरू उठ्दै आइरहेका हुन्छन् ।
न्यायालयको मानहानीको अभियोगमा डा. गोविन्द केसी २०७४ पुष २४ मा गिरफ्तारीमा परेका थिएँ । मलाई लाग्छ, डा. केसीले न्यायालयको स्वच्छता, निश्पक्षता र गरिमालाई अझ उचाइमा उठाउन त्यस प्रकारको कदम उठाएका थिएँ ।नेपालको सन्दर्भमा डा. केसी भ्रष्टाचारविरूद्ध उभिएका एक योद्धा हुन् । अभियन्ता हुन् । सदाचारका एक प्रतीक हुन् ।
न्यायाधीश विवादित हुनुहुँदैन । त्यसमाथि झन प्रधानन्यायधीश त विवादित हुनै हुँदैन । वर्तमान प्रधानन्यायधीशज्यू पनि विवादमुक्त बन्न सक्नुभएको छैन । यो विडम्वना हो । न्ययाधीशहरू भगवान हुन्, उनीहरूले कहिल्यै गल्ती नै गर्दैनन् । तसर्थ, भगवानको आलोचना गर्नु अपराध हो । यस्तो पक्कै होइन । लोकतन्त्र भनेको पक्कै पनि विधिको शासन हो । अराजकता लोकतन्त्रमा स्वीकार्य हुँदैन ।
हिजो राजतन्त्रमा मात्रै राजा विष्णुका अवतार थिए । संविधान र कानुनभन्दामाथि थिए । के हाम्रो न्यायालय र न्यायाधीश पनि त्यस्तै हुन् ? हामी जनतालाई जवाफ चाहियो । यदि हामी लोकतान्त्रिक मुलुकका सार्वभौम नागरिक हौं भने नागरिकलाई आलोचनाको स्वतन्त्रता हुनैपर्छ । तर, हरेक नागरिकले मर्यादाको ख्याल भने राख्नैपर्छ । तर, सबैले एउटा कुरा हेक्का राख्नैपर्छ, सत्य निरपेक्ष हुँदैन, सापेक्ष हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस