Like us!
Follow us!
Connect us!
Watch us!

एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २१ असोज २०८२, ०८ : ३१ मा प्रकाशित

एसवाई प्यानलको आईपीओ भर्ने आज अन्तिम दिन

एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमो आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता र उद्योग प्रभावितका लागि २ लाख ६१ हजार ६२७ कित्ता निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको आईपीओ असोज १० गते नै बन्द भइसकेको छ भने उद्योग प्रभावितका लागि खुला गरिएको आईपीओ आज कार्यालय समयपछि बन्द गरिने कम्पनीले जानकारी दिएको छ । उद्योग प्रभावितका लागि खुला गरिएको आईपीओमा चितवनको रत्ननगर नगरपालिका सबै वडाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यी आईपीओमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ । यसमा आईपीओ निष्कासन तथा बाँडफाँडको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको