Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले हटायो सेयर धितो कर्जाको २५ करोडको सीमा

अर्थ संसार

बुधबार, २२ असोज २०८२, २० : ११ मा प्रकाशित

राष्ट्र बैंकले हटायो सेयर धितो कर्जाको २५ करोडको सीमा

 नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी लामो समयदेखि लागू गरिएको २५ करोड रुपैयाँको एकल ग्राहक सीमा (Single Obligor Limit) हटाउने निर्णय गरेको छ। राष्ट्र बैंकले असोज २०८२ मा जारी गरेको परिपत्र नं. ६ (क, ख, ग) मार्फत “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यो व्यवस्था संशोधन गरेको हो।

पहिलेको व्यवस्थाअनुसार कुनै पनि व्यक्ति वा संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमार्फत मार्जिन प्रकृतिको ऋण लिन सक्ने अधिकतम सीमा २५ करोड रुपैयाँ तोकिएको थियो। तर, पुँजी बजारमा लगानी गर्ने उद्देश्यले स्थापित संस्थागत लगानीकर्तालाई भने उक्त सीमा लागू नहुने प्रावधान थियो।

अब राष्ट्र बैंकले उक्त सीमा पूर्ण रूपमा हटाएसँगै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नै जोखिम मूल्यांकन प्रणालीका आधारमा सेयर धितो कर्जा प्रवाह गर्न सक्ने भएका छन्। यसअघि तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंकले त्यसमा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको