Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

अर्थ संसार

सोमबार, २९ कार्तिक २०७८, १६ : ५६ मा प्रकाशित

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ । 

यस समझदारीले कर्णाली प्रदेश, जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानिय युवाहरुलाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको छ । 

राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतन नाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको