Like us!
Follow us!
Connect us!
Watch us!

१४ प्रतिशत लाभांश पारित गर्न बैंक अफ काठमाण्डूले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले छ ?

अर्थ संसार

मंगलबार, ३० कार्तिक २०७८, १२ : १४ मा प्रकाशित

१४ प्रतिशत लाभांश पारित गर्न बैंक अफ काठमाण्डूले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले छ ?

बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे कार्तिक २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे सत्ताइसाैँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा हुनेछ । 

सभामा बैंकको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6193505dd0550.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको