Like us!
Follow us!
Connect us!
Watch us!

किन बढिरहेको छ नेपाल टेलिकमको सेयर मूल्य, प्राविधिक र आधारभुत रुपमा हेर्दा के देखिन्छ ?

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, १५ : २६ मा प्रकाशित

किन बढिरहेको छ नेपाल टेलिकमको सेयर मूल्य, प्राविधिक र आधारभुत रुपमा हेर्दा के देखिन्छ ?

नेपाल टेलिकम (NTC) हिजो र आज लगानीकर्ताको  रोजाइमा पर्न सफल रह्यो ।  

हिजो मंगलबार NTC ले सार्वजनिक गरेको वित्तिय विवरणमा गत वर्षको तुलनामा खुद मुनाफा ४८.९० प्रतिशतले बढेर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ पुगेको तथ्य बाहिर आएसंगै लगानीकर्ताको आकर्षण व्हात्तै बढेको हो।   कम्पनीको प्रतिसेयर आम्दानी पनि १९.७९ रुपैयाँले बढेर ६० रुपैयाँ २६ पैसा पुगेको छ ।   

आजको अन्तिम कारोबार मूल्य १३९० अनुसार कम्पनीको मूल्य आम्दानी अुपात (पिई रेसियो) २३.०६ हुन्छ जुन बुलिस बजारमा लगानीका लागि त्यति जोखिमपुर्ण मानिदैन । सरकारको बहुमत स्वममित्व भएको कम्पनीले नेपालको सरकारको राजस्वमा सबैभन्दा बढि योगदान गरेको छ । 

यसअघि करिब ६ महिना अघि  १४५० को बिन्दुबाट  झर्न थालेको NTC त्यहाँबाट झर्दै गएर ९७३ को बिन्दुसम्म झरिसकेपछि बढ्दै गएर ११७५ लाइ क्रस गरिसके पश्चात डाउन ट्रेन्ड ब्रेक गरेको थियो।  हिजो र आज कारोबारमा आएको तेजीसंगै बुलिश क्यान्डल बनाउदै बजार मूल्य १३९० पुगिसकेको छ।  

अब कता जाला NTC  को बजार मूल्य ? 

Volume  : हिजोको तुलनामा दोब्बर भन्दा बढी भोलुममा कारोबार भएकाले  भोलुमको  Prospective बाट हेर्दा बजारमा NTC को सेयरमा उच्च खरिद चाप रहेको देखिन्छ।  यसले आगामी दिनमा मूल्य अझै बढ्ने सम्भावना देखिन्छ।  

RSI

RSI ७५.६६  को लेभलमा छ । बुलिश बजारमा RSI ८० माथि  जाँदै गर्दा कम्पनीको बजार मूल्य ओभर बाउट जोनमा गएको र बेच्दै जानु बुद्धिमानी हुने मानिन्छ ।  RSI  ८० भन्दा तलै रहेको अवस्थामा बजार मूल्य अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।  

Stochastic RSI : 

Stochastic RSI ले एकदम छोटो समयको मुभमेन्ट लाइ रिफ़्लेक्ट गर्ने गर्दछ। Stochastic RSI १०० भन्दा माथि जादै गर्दा मूल्य Over Valued भएको मानिन्छ।  अहिले Stochastic RSI  ७४.६१  को लेभलमा छ।  यसले शेयर मूल्य अझ माथि जाने पर्याप्त ठाउँ रहेको देखाउँछ।  

बुलिंगर ब्याण्ड :

NTC को सेयर मूल्य बुलिंगर ब्याण्डको अपर ब्याण्ड भन्दा माथि गइसकेकोले भोलि हुने कारोबारमा केहि करेक्सन भएर मात्र माथि जान सक्ने सम्भावना देखिन्छ।  

लगानीकर्ताहरुले NTC मा अब ध्यान दिनु पर्ने बिन्दु १४५१ हो।  यदि १४५१ लाइ भोलुम सहित क्रस गरेको खण्डमा अर्को टार्गेट १७५० को हुनेछ ।

प्राविधिक रुपमा यस्तो छ टेलिकमको चार्टः  

6194d64c59a68.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको