Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकद्वारा प्रिमियम रेमिट्यान्स बचत खाता सुचारु

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, ११ : २९ मा प्रकाशित

नबिल बैंकद्वारा प्रिमियम रेमिट्यान्स बचत खाता सुचारु

नबिल बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत "Nabil Premium Remittance Savings Account" सञ्चालनमा ल्याएको छ ।

बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ । ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस "Nabil Premium Remittance Savings Account" मा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्यको उच्च व्याजदर प्रदान गर्नेछ ।  

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको