नबिल बैंकलाई पछिपार्दै नेपाल टेलिकम कुल बजार पूँजीकरणमा सर्वाधिक ठुलो हिस्सा ओगट्न कम्पनी बनेको छ ।
यो बैंकलाई पछि पार्दै पुनः नेपाल टेलिकम कुल बजार पूँजीकरणको हिसावले ठुलो कम्पनी बन्न सफल भएको हो । धितोपत्र दोस्रो बजारमा सर्वाधिक हिस्सा ओगटेको नेपाल दुरसञ्चार कम्पनीलाई केहि समय नबिल बैंकले पछि पारेको थियो ।
साताको अन्तिम कारोबार दिन विहिबार नबिल बैंकको कुल बजार पूँजीकरण २ खर्ब १४ अर्ब १७ करोड ३६ लाख ६० हजार रुपैयाँ रहेको छ भने नेपाल टेलिकमको २ अर्ब १५ करोड ७० लाख रुपैयाँ रहेको छ ।
धितोपत्र दोस्रो बजारमा नेपाल दुरसञ्चार कम्पनीको १५ करोड कित्ता र नबिल बैंकको १३ करोड ८४ लाख ४४ हजार ५१२ कित्ता शेयर सूचीकृत रहेको छ । साताको अन्तिम कारोबार दिन नेपाल दुरसञ्चार कम्पनीको प्रतिकित्ता १ हजार ४३८ र नबिल बैंकको १ हजार ५४७ रुपैयाँ सेयर मूल्य कायम भएको छ ।
यो साता नबिल बैंकको सेयरमूल्य प्रतिकित्ता ३ रुपैयाँले घटेको छ भने नेपाल टेलिकमको सेयरमूल्य प्रतिकित्ता ३१४ रुपैयाँ ले बढेको छ । गत सातासम्म कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकलेनै ओगटेको थियो । यो साता टेलिकमको सेयरमूल्य साताको तेस्रो र चौथो दिन सर्किट लेभलमा बढेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस