Like us!
Follow us!
Connect us!
Watch us!

१८.५ प्रतिशत लाभांश पारित गर्न मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०५ मंसिर २०७८, ०७ : ०२ मा प्रकाशित

१८.५ प्रतिशत लाभांश पारित गर्न मुक्तिनाथ विकास बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको मंसिर ३ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, शनिबार होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको बैंकको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छः

61999e6e5d1c9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको