Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा यसै साताभित्र गर्ने राष्ट्र बैंकको तयारी

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, ०७ : ५३ मा प्रकाशित

मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा यसै साताभित्र गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंक मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षा यसै साता भित्रमा गर्ने भएको छ । मंसिर पहिलो सातामै समिक्षा गर्ने भनियता पनि विभिन्न प्राविधिक कारणले त्यो संभव नभएकाले यसै सातामा त्रैमासिक समिक्षा सार्वजनिक गर्ने  राष्ट्र बैंकको तयारी छ ।

मौद्रिक नितिको पहिलो त्रैमासिक समीक्षाका लागि अहिले छलफल चलिरहेको र यकिन दिन तय भइनसकेको भएतापनि ससै साताभित्रमा मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

समिक्षामा के कस्ता नीतिहरु परिवर्तन हुन्छन् हुँदैनन् भन्ने कुरा भने उनले खुलाउन चाँहेनन् उनले अहिले सबै विषयमा छलफल चलिरहेको र के परिवर्तन हुन्छ हुँदैन भन्ने कुरा मौद्रिक नीतिको समीक्षा पछि नै थाँहा हुने बताए । अहिले बाहिर आयजस्तो कुनै पनि बिषयमा निर्णय भइसकेको छैन छलफलकै चरणमा छौ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको थियो । सोहि व्यबस्थाका कारण नेपालको सेयर बजार ओरालो लागेको भन्दै नीति जारी हुने बेलादेखि नै विभिन्न सरोकारवाला निकायहरुले यसको विरोध गरिरहेका थिए । 

अहिलेको अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको रणनितीमा देखिन्छन् । नेपाल राष्ट्र बैंक यसै सातासम्ममा गर्ने भनिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यदि सेयर कर्जामा लागेको सिमामा केहि संसोधन भयो भने बजार बढ्छ भन्ने विश्वासमा अहिले लगानीकर्ताहरु छन् त्यसैले पनि अहिलेको अवस्थामा लगानीकर्ताहरुको रणनिति नै पर्ख र हेर बनेको बताउँछन् लगानीकर्ता खेम लामिछाने ।  

"अब अहिले कतिपय मिडियाहरुले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत सेयर कर्जामा लगाइएको सिमा केही संशोधन हुन्छ भन्छन् कतिपयले फेरी हुँदैन भन्छन् कसको विश्वास मान्ने बरु त्यो भन्दा केही समय पर्खेर मौद्रिक नीतिको समिक्षा पछि नै लगानीको रणनिती बनाउने योजना म लगायत धेरै लगानीकर्ताहरुको छ" लामिछानेले भने ।  

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न अन्य सेयर बजारसँग सम्बन्धित संस्थारुले ४÷१२ करोडको नीतिले बजार ओरालो लागेको भन्दै यसमा लचकता अपनाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत दवाव दिइरहेको देखिन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको