Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबिआई मर्चेण्टले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, १० : ५५ मा प्रकाशित

नेपाल एसबिआई मर्चेण्टले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

क्यापिटलकाे मंसिर ५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीको छैठाैँ वार्षिक साधारण सभा पाैष ६ गते, मंगलबार नेपाल एसबिआई बैंककाे केन्द्रीय कार्यालयको सभाहल, केशरमहल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

त्यस्तै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७८ असार मसान्तसम्मकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

619c78b7f1505.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको