Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्तले पनि अब अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने, राष्ट्र बैंकले जारी गर्याे यस्ताे निर्देशन

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, १५ : ५७ मा प्रकाशित

लघुवित्तले पनि अब अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने, राष्ट्र बैंकले जारी गर्याे यस्ताे निर्देशन

नेपाल राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन/परिमार्जन/थप व्यवस्था गरेकाे छ । अब लघुवित्तहरूले अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने भएका छन् ।

राष्ट्र बैंकले निर्देशन नं. ८ बुंदा नं २ मा संशाेधन गर्दै यस्ताे व्यवस्था गरेकाे हाे । जस अनुसार अब घ वर्गका संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाउने छैनन् । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु पर्नेछ।

यसअघि  घ वर्गका संस्थाहरुले घ वर्गकै अन्य संस्थाहरुद्वारा जारी भएका सेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न नपाइने व्यवस्था रहेकाे थियाे ।

619cc066796b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको