Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सको २१.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, ०६ : २० मा प्रकाशित

मेरो माइक्रोफाइनान्सको २१.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि मंसिर ९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

संस्थाको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौँथो वार्षिक साधारण सभा मंसिर २४ गते, शुक्रबार होटल वाटर टावर, विदुर, नुवाकोटमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७७र७८ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७७र७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८र७९ को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने, संस्थापक समुहबाट ४ जना सञ्चालकहरूको निर्वाचन गरी नियुक्ती गर्ने, सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्नका लागि नियमावलीमा संशोधन गर्ने, संस्थाले अन्य लघुवित्त संस्थाहरु गाभिने गाभ्ने, प्राप्ति एक्विजिसन तथा खरिद सम्बन्धी समझदारीपत्र तर्जुमा गर्ने, सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियामावली संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन एवं परिमाजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको