Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, ०६ : ५७ मा प्रकाशित

निफ्राको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि भोलि मंसिर ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीको कार्तिक ३० गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा मंसिर २९ गते काठमांडौको अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा अनलाईन माध्यामबाट बिहान ९ बजेबाट गर्ने निर्णय गरेको हो । 

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुइजना सञ्चालकहरुको समेत छनौट गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको