Like us!
Follow us!
Connect us!
Watch us!

चिरन्जिवी नेपाल भन्छन् “४/१२ को क्यापले बजारलाई प्यानिक मात्र बनायो,यो खारेज नै गर्नुपर्छ”

अर्थ संसार

बुधबार, ०८ मंसिर २०७८, १३ : ०४ मा प्रकाशित

चिरन्जिवी नेपाल भन्छन् “४/१२ को क्यापले बजारलाई प्यानिक मात्र बनायो,यो खारेज नै गर्नुपर्छ”

नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर डा. चिरन्जीवी नेपालले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लिएको नीति गलत भएको र सोहि गलत नीतिको परिणाम अहिले समग्र अर्थतन्त्रले भोग्नुपरेको बताएका छन्र ।  

राष्ट्र बैंकले केहि समयपश्चात  गर्न लागेको मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत नीतिगत रुपमा सिडी रेसियोको विषय र तरलताको चरम अभावलाइ सम्बोधन गर्न नीतिगत रुपमा के परिवर्तन गर्नुपर्ने देख्नुहुन्छ भन्ने प्रश्नमा डा. नेपालले भने, ' राष्ट्र बैंकले सिडि रेसियो लागू गर्ने बेला नै भएको थिएन । बासल ३ मा जाँदाखेरि सिडी रेसियोको कुरा आफै आइहाल्थ्यो यो विषयमा राष्ट्र बैंकले लिएको नीति समय सान्धर्भिक नरेहेको कुरा देखिईसकेको छ।  त्यसैले सिडी रेसियोको कुरालाई मौद्रिक नीतिको समिक्षामार्फत राष्ट्र बैंकले सम्बोधन गर्नुपर्छ। ' 

त्यस्तै तरलता संकटको प्रसंगमा डा. नेपालले भने, 'सरकारले पुँजीगत खर्च गर्न सकेको छैन, सरकारले पुँजीगत खर्च नगरिकन बजारमा पैसा आउँदैन । सरकारले पुँजीगत खर्च गर्ने कुरामा ध्यान दिनुपर्यो ।  राष्ट्र बैंकले आफुले गर्नुपर्ने काम गरि नै रहेको छ । राष्ट्र बैंकले बजारमा रिपोमार्फत पठाईरहेको नै छ। ' 

सेयर धितोकर्जामा लगाइएको ४/१२ को क्यापको सन्दर्भमा कुरा गर्दै नेपालले भने, ' त्यो आवश्यक कुरा नै होइन, सेयर धितो कर्जा निकै कम मात्र गएको अवस्थामा त्यो क्याप लगाउनु आवश्यक थिएन ।  समिक्षामार्फत त्यो क्याप पनि हटाइनु पर्छ । सेयर धितो कर्जाले खासै कहिँ केहि असर पारेको पनि थिएन ।  त्यसले केवल बजारमा प्यानिक मात्र क्रियट गरेको छ । '

राष्ट्र बैंकले २/३ महिनाको छोटो अवधिमै नीति परिवर्तन गर्नु उचित हुँदैन भन्ने कुरा गर्छन नि भन्ने प्रसंगमा डा. नेपालले भन्नुभयो , ' त्यो कुरा होइन। पोलिसी फ्लेक्जिबल हुनुपर्छ।  बजारको आवश्यकता अनुसार पोलिसीमा परिवर्तन गर्ने क्षमता राष्ट्र बैंकले राख्नु पर्दछ। राष्ट्र बैंकले मेरो गोरुको बाह्रै टक्का भनेजस्तो गर्ने होइन।  यदि आफुले ल्याएको नीतिले   कुनै समस्या आइरहेको छ भने तत्काल त्यसलाई परिवर्तन गर्न पनि राष्ट्र बैंक हिच्किचाउनु हुँदैन। रास्ट्र बैंकले ल्याउने नीतिहरु समय सापेक्ष हुनुपर्दछ । '
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको