Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा न्यादी हाइड्रोपावरको आईपीओ सूचिकृत, बिहीबारबाट काराेबारमा आउने

नेप्से

बुधबार, ०८ मंसिर २०७८, १३ : १७ मा प्रकाशित

नेप्सेमा न्यादी हाइड्रोपावरको आईपीओ सूचिकृत, बिहीबारबाट काराेबारमा आउने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे एक कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे ।  कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि NYADI सिम्बाेल पाएकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ १३ पैसादेखि अधिकतम २८२ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ । अब बिहीबारबाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुनेछ ।

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियाे । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

उक्त आईपीओकाे बाँडफाँड कार्तिक ५ गते, शुक्रबार सम्पन्न भएकाे थियाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्म २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको थियाे । जस अनुसार २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका थिए । बाँकी २० लाख ५२ हजार बढी आवेदककाे हात खाली भएकाे थियाे ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

619dec5bdb6ff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको