Like us!
Follow us!
Connect us!
Watch us!

प्राविधिक विश्लेषण सम्बन्धी आधारभूत ज्ञान नेपालीमा

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १४ : ०० मा प्रकाशित

प्राविधिक विश्लेषण सम्बन्धी आधारभूत ज्ञान नेपालीमा

जब हामी नाफा कमाउने उद्देश्यले सेयरबजारमा प्रवेश गर्दछौ तब हामीलाई सेयरबजार र सेयरको भविष्यवाणीको मुल्य विश्लेषण गरेर लगानी गर्ने प्रयास गर्दछौँ ।

विश्लेषण नगरिनै अरूको भनाइमा लगानी गर्ने वा बजारमा चलेको हल्लाको आधारमा सेयर खरिद बिक्री गरेर सेयरमा पैसा गुमाइसकेको पुनः लगानी गर्न लगानीकर्ता आफै अध्यान गरेर वा अन्य स्रोत साधनबाट खोज र अध्यान गरेर लगानी गर्ने परिवेश रहेको पाइन्छ। विशेषत सेयरबजारमा २ प्रकारले शेयरको मूल्य अनुमान गर्ने गर्दछौँ । आधारभुत(Fundamental) विश्लेषण र प्राविधिक (Technical) विश्लेषण ।

Fundamental विश्लेषण प्रायः वित्तीय विषयको ज्ञान आर्जन गरेका व्यक्तिहरूले प्रयोग गर्ने गरेको पाइन्छ भने वित्तीय विषयको ज्ञान कम भएका व्यक्तिहरूले टेक्निकल विश्लेषण प्रयोग गर्ने गर्दछन् । Fundamental भन्दा प्राविधिक विश्लेषण केही मात्रामा बुझ्नलाई सजिलो छ । तपाईँलाई प्राविधिक विश्लेषण मा प्रयोग गरिने केही आधारभूत शब्दावली को चर्चा गरेका छौँ ।

प्राविधिक विश्लेषण के हो ?

सामान्य भाषामा प्राविधिक विश्लेषणलाई बुझ्दा प्राईस र मात्रा Volume उपयोगका साथ बजारको ऐतिहासिक बजारको डेटाको अध्यान र विश्लेषण हो ।

बजारको इतिहास र हालको मूल्यको अध्यान गरी भविष्यको बजारको मूल्यको अनुमान लगाउने गर्छ |

शेयरको विगत र वर्तमानको डेटा मिली गणितीय रूपमा चार्ट तयार पारेको हुन्छ । उक्त चार्ट प्याट्रन र अन्य इन्डिकेटर को प्रयोग गरी Volume र मूल्यको मद्दतले सेयरमा हुने Moment लाई अनुमान लगाउने गर्छन र सकारात्मक भावदेखिएमा लगानी गर्ने गर्दछन भने नकारात्मक संकेतमा बिक्री गर्ने गर्दछन। येसको मद्दतले हामीले राम्रो प्रदर्शन गर्ने शेयरको छनोट र शेयरको इन्ट्री र Exit पोइन्ट को अनुमान लगाएर नाफा कमाउन सकिन्छ। 

प्राविधिक विश्लेषण गर्ने व्यक्तिहरूले यि कुराहरूलाई ख्याल गर्नुहोस् ।

प्राविधिक विश्लेषणले तपाईंलाई कुन शेयर कतिबेला किन्ने र कुन शेयर कतिबेला बेच्ने जानकारी दिन्छ ।

सेयरबजारमा इतिहास दोहोरिन्छ ।

शेयरको आगामी चाल र मुल्य अवस्थाको संकेत दिन्छ ।

प्राविधिक विश्लेषणका केही आधारभूत जानकारी :

प्राविधिक चार्ट : प्राविधिक चार्ट भने सेयरबजार को इतिहास देखि बर्तमान को डाटाको गणितीय रूपमा प्रदर्शन गरिएको चार्ट हो। 

 

क्यान्डल स्टिक : कक्यान्डल स्टिक शेयरको कारोबार सुरुवात मुल्य कारोबारको उच्च मुक्त , कारोबारको न्यून मुक्यको र कारोबार को बन्द बिन्दुको डाटा मिलेर बनेको शेयरको मूल्य स्थम्भ हो। 

Price Action : प्राईस एक्सन भनेको निश्चित समय अवधिमा शेयरको मूल्यमा आउने हलचल हो । येसको ज्ञानले हामीलाई शेयरको ट्रेन्ड , ब्रेकाउट आदि हरु अनुमान लगाउन सहयोग गर्दछ। 

Trend लाइन : यसबाट हामीले शेयरको क्यान्डल स्टिक चार्टमा देखिने प्याट्रन को आधारमा शेयरको मूल्य दिशा अनुमान लगाउछौ। 

Volume : उक्त अवधिमा कति मात्रामा शेयरको खरीद बिक्री भयो भन्ने जानकारी दिन्छ ।

ग्याप अप ओपनिङ र ग्याप डाउन ओपनिङ : यदि आजको शेयरको मुल्य अघिल्लो दिनको कारोबारको अन्तिम मुल्य भन्दा बढी मूल्यमा खुल्छ भने त्यसलाई ग्याप अप ओपनिङ भनिन्छ भने

 यदि आजको शेयरको मुल्य अघिल्लो दिनको कारोबारको अन्तिम मुल्य भन्दा थोरै मूल्यमा खुल्छ भने त्यसलाई ग्याप डाउन ओपनिङ भनिन्छ। 

चार्टका प्रकार :

लाइन चार्ट : कारोबारको अन्तिम कारोबार मूल्य विन्दुलाई जोडेर तयार हुने रेखान्कित चार्ट ।

बार चार्ट :


क्यान्डल स्टिक चार्ट :कक्यान्डल स्टिक शेयरको कारोबार सुरुवात मुल्य कारोबारको उच्च मुक्त , कारोबारको न्यून मुक्यको र कारोबार को बन्द बिन्दुको डाटा मिलेर बनेको शेयरको मूल्य स्थम्भ सहित को चार्ट ।

क्यान्डल स्टिक का प्रकारहरू : 

क्यान्डल स्टिक २ प्रकारका हुन्छ 

बुलिश क्याण्डलस्टीक : कारोबार खुलेको मूल्य भन्दा उच्च मूल्यमा शेयरको कारोबार बन्द भएमा त्यस्तो क्यान्डल प्याट्रन लाई बुलिश क्याण्डलस्टीक भनिन्छ। 

बेयरिश क्याण्डलस्टीक : कारोबार खुलेको मूल्य भन्दा न्यून मूल्यमा शेयरको कारोबार बन्द भएमा त्यस्तो क्यान्डल प्याट्रन लाई बेयरिस क्याण्डलस्टीक भनिन्छ। 

 

Support र Resistance :

सपोर्ट शेयरको चार्टमा देखिने एउटा मूल्यको आधार अथवा लेवल हो जुन मूल्य सम्म सेयरमा गिरावट आएमा उक्त मूल्यलाई आधार बनाउँछ र शेयरको मुल्य माथि बढ्न थाल्छ भने,

Resistance बढ्दै गएको शेयरको मूल्यमा थप उच्चता कायम नगरी यदि मूल्य घट्न थाल्छ भने त्यसलाई Resistance भनिन्छ। 

ट्रेन्ड : शेयरको मूल्य बढ्दै छ वा घट्दै छ भनेर विगत को डेटा लाई आधार बनाएर वर्तमानको मूल्य अवस्था अनुमान गर्नु हो। यसले बढेको वा घटेको शेयरको मूल्य देखाउँछ सो हेरी पछि में के हुन्छ भन्ने अनुमान लगाउने गरिन्छ। ट्रेन्ड २ प्रकारको हुन्छ । यस्लाई शेयरको मूल्य कुन दिशा तर्फ जाँदैछ भनी देखाउने सूचकको रूपमा लिइन्छ। 

 

१ अप ट्रेन्ड : शेयरको मूल्य केही दिन यता तुलनात्मक रूपमा बढ्दै छ भने यसलाई अप ट्रेन्ड भनिन्छ। 

२ डाउन ट्रेन्ड : केही दिन यता शेयरको मूल्य तुलनात्मक रूपमा घट्दै गरेको छ भने यसलाई डाउन ट्रेन्ड भनिन्छ। 

३ Side Way Trend : केही समय यता शेयरको मूल्य मा घट बढ बराबर मात्रामा भई रहेको छ भने येस्तो किसिमको ट्रेन्ड लाई side way ट्रेन्ड भनिन्छ। 

क्यान्डल स्टिक प्याट्रन का प्रकारहरू 

BULLISH ENGULFING क्यान्डल स्टिक : दोश्रो दिनको क्यान्डल स्टिक ले शेयरको मुल्य बृद्धि भएर अघिल्लो दिनको क्यान्डल स्टिक लाई पूर्ण रूपमा निगलेको अवस्थाको प्याट्रन लाई BULLISH ENGULFING क्यान्डल स्टिक भनिन्छ। 

अघिल्लो दिनको क्यान्डल स्टिक मा मुल्य गिरावट आएको हुनुपर्दछ भने दोश्रो दिनको क्यान्डल स्टिक मा मुख्य उच्च वृद्धि भएको हुनुपर्दछ। 

यसले शेयरको मुल्य वृद्धिको संकेत गर्दछ भने यो downtrend को अन्त्यमा आएको खण्डमा शक्ति शाली हुन्छ।

 

 

BEARISH ENGULFING क्यान्डल स्टिक : यो अवस्था तब सृजना हुन्छ जब बुलिश क्यान्डल स्टिक लाई बीयरीस क्यान्डल स्टिक ले पूर्ण रुपमा निकालेको हुन्छ त्यसलाई Bearish Engulfing क्यान्डल स्टिक भनिन्छ 

यस्ले शेयरको मूल्यमा गिरावट संकेत गर्दछ। यो uptrend को अन्त्यमा देखिएको खण्डमा यो शक्तिशाली हुन्छ। 

 

Morning Star : यो प्याट्रन विशेषत ३ ओटा समयावधिको (दिन) ३ ओटा क्यान्डल स्टिक मिलेर बनेको हुन्छ । Downtrend को अन्त्य तिर बनेको खण्डमा यो प्रभावशाली हुन्छ ।

यसको ३ ओटा निरन्तर क्यान्डल हरु मा

पहिलो मूल्यमा निरन्तर अत्यधिक गिरावट आएको हुनुपर्दछ , दोश्रो डोजि क्यान्डल बनेको हुनुपर्दछ भने तेस्रो क्यान्डल मा उच्च मूल्य वृद्धिका हुनुपर्दछ ।

यस प्रकारको प्याट्रन ले शेयरको मुल्य वृद्धिको संकेत गर्दछ।  

Evening Star : यो प्याट्रन लाई Morning Star को विपरीत क्यान्डलस्टिक भनेर बुझ्न सकिन्छ । यसमा ३ ओटा समयावधिको (दिन) ३ ओटा क्यान्डल स्टिक मिलेर बनेको हुन्छ । Uptrend को अन्त्य तिर बनेको खण्डमा यो प्रभावशाली हुन्छ ।

यसको ३ ओटा निरन्तर  क्यान्डल 

पहिलो क्यान्डल म उच्च मुल्य बृद्धि हुनुपर्दछ , दोश्रो डोजी क्यान्डलस्टिक देखिनुपर्छ भने तेस्रो क्यान्डलस्टिक मा अत्यधिक मूल्य घटेको हुनुपर्दछ। 

यस प्रकारको प्याट्रन मूल्य ह्रास को संकेत गर्दछ। 

Hammer क्यान्डलस्टिक : यो क्यान्डल स्टिक जब कारोबारको सुरुवाती मूल्य उच्च मूल्य र कारोबारको बन्द मुल्य सामान्य रूपमा नजिक रहेको अवस्था मा देखिने क्यान्डल स्टिक hammer क्यान्डलस्टिक हो । यो क्यान्डलस्टिक Downtrend को अन्त्यमा बनेको खण्डमा उच्च प्रभावशाली हुन्छ । येसको पुष्टि को लागि त्यसको अर्को दिनको क्यान्डल मा उच्च मूल्य वृद्धि भएको हुनुपर्दछ। 

PDF Download यहा बाट गर्नुहोस : https://drive.google.com/file/d/10fK1iNu6FleP_FHkQH76MIbrJ9V_BlsZ/view?usp=sharing

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको