Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ९२ लाख बढीको कारोबार

अर्थ संसार

बुधबार, २६ कार्तिक २०८२, १० : ५९ मा प्रकाशित

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से, ९२ लाख बढीको कारोबार

साताको सेयर कारोबार हुने चौथो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंकले बढेर २५६५.७७ विन्दुमा पुगेको हो । 

आजको प्रि ओपन सेसनमा २२ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले बढेर ४४४.९१ विन्दुमा पुगेको छ । 

आजको प्रि ओपन सेसनमा ९२ लाख माथिको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ४२ कम्पनीका ५ हजार ८२५ कित्ता सेयर १३१ पटक खरिद बिक्री हुँदा ९२ लाख २४ हजार ११५ रुपैयाँको कारोबार भएको छ  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको