Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको साधारणसभा आज, २७ प्रतिशत लाभांश सहित यि एजेन्डा हुँदैछन् पारित

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, ०६ : ५४ मा प्रकाशित

लक्ष्मी लघुवित्तको साधारणसभा आज, २७ प्रतिशत लाभांश सहित यि एजेन्डा हुँदैछन् पारित

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौँ बार्षिक साधारणसभा आज मंसिर १० गते शुक्रबार अग्रवाल भवन कमलपोखरी काठमौडौमा बिहान ११ बजेबाट हुँदैछ ।

कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि कार्तिक ३० गते मंगलबार बुकक्लोज गरेको थियो त्यसैले कार्तिक २९ गते सोमबार सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८.७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको