Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ)

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १० : ३१ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ)

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज (मंसिर १० गते, शुक्रबार) सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले माैद्रिक नीतिकाे समिक्षामा लगानीकर्ताहरूले परिमार्जन हाेला भनी अपेक्षा गरेका नीतिमा भने केही परिवर्तन गरेकाे छैन । समिक्षामा सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे सीमा र सीडी रेसियाे सम्बन्धी नीतिमा केही परिमार्जन हुन्छ भन्ने लगानीकर्ताहरूकाे आश थियाे । तर राष्ट्र बैंकले लगानीकर्ताहरूकाे याे आश भने मेटाउन सकेन । 

मौद्रिक नीतिको समिक्षाले गरेका ९ नयाँ व्यवस्था यस प्रकारका छन् :

१. मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ।

२. बैंक तथा वित्तीय संस्थाहरुले कर्जा-निक्षेप अनुपात (Credit-Deposit Ratio) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ।

३. विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ ।

४. Document Against Payment र Document Against Acceptance को विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।

५. ड्राफ्ट टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ।

६. व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

७. विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ।

८. गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ ।

९. विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिनेछ। 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाकाे पूर्णपाठ तल प्रस्तुत गरिएकाे छ :

61a068af7b924.jpg 61a068af97bc0.jpg 61a068b07e2e6.jpg 61a068b08a4cd.jpg 61a068b12e027.jpg 61a068b13f0a2.jpg 61a068b17f904.jpg 61a068b1944b7.jpg 61a068b1dc7df.jpg 61a068b213243.jpg 61a068b248940.jpg 61a068b25e953.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको