Like us!
Follow us!
Connect us!
Watch us!

चालु आर्थिक वर्षमा २३ कम्पनीको २ करोड बढी बोनस सेयर सेबोनमा दर्ता, कुनको कति ?

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, १२ : ०० मा प्रकाशित

चालु आर्थिक वर्षमा २३ कम्पनीको २ करोड बढी बोनस सेयर सेबोनमा दर्ता, कुनको कति ?

चालु आर्थिक बर्षको यो अवधिमा अहिले सम्म नेपाल धितोपत्र बोर्डमा विभिन्न २३ वटा कम्पनीहरुको २ करोड भन्दा बढि कित्ता बोनस सेयर दर्ता भएको छ । 

बोर्डका अनुसार चालु आर्थिक बर्षको हालसम्म बोर्डमा जम्मा २३ वटा कम्पनीहरुको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१ रुपैयाँ बराबारको २ करोड ८ लाख ११ हजार ३५४ कित्ता बोनस सेयर दर्ता भएको छ । 

बोनस सेयर दर्ता हुने जम्मा २३ कम्पनीहरु मध्यमा २० वटा कम्पनीहरुले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको बोनस सेयर बोर्डमा दर्ता भएको हो भने बाँकि ३ कम्पनीहरुको भने आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरीयको बोनस सेयर दर्ता भएको हो ।

यो अवधिमा सबैभन्दा बढि नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस सेयर सेबोनमा दर्ता भएको छ । कोषले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । भने सबैभन्दा कम नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाको सेयर सुचिकृत भएको हो कम्पनीको ८० हजार १४२ कित्ता बोनस सेयर दर्ता भएको हो । कम्पनीले पनि र्आिर्थक बर्ष २०७६/७७ मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

हुर्नुहोस् चालु आर्थिक बर्षमा कुन कम्पनीको कति कित्ता सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भयोः

61a31ec047744.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको