महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१ं.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस