Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डको सेयरमा लगानी ३२ करोड, बैंक मौज्दातामा ७८ करोड

अर्थ संसार

मंगलबार, १४ मंसिर २०७८, ०६ : ५७ मा प्रकाशित

प्रभु सेलेक्ट फण्डको सेयरमा लगानी ३२ करोड, बैंक मौज्दातामा ७८ करोड

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले २०७८ साल कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेको छ ।

कार्तिक मसान्तसम्ममा आइपुग्दा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ५३ पैसा पुगेको छ । उक्त मूल्य असोज मसान्तको तुलनामा २२ पैसाले बढेको हो । असोज मसान्तसम्ममा फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ३१ पैसा रहेको थियो ।

त्यसैगरी, कार्तिक मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेको लगानी ३२ करोड ३८ लाख रूपैयाँ पुगेको छ । उक्त लगानी असोज मसान्तको तुलनामा बढेको हो । असोज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा २३ करोड ८१ लाख २२ हजार रूपैयाँ लगानी गरेको थियो ।

त्यस्तै फण्डले विभिन्न प्रकारका २७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

यस अवधिसम्म फण्डको बैंक मौज्दात ७८ करोड ८० लाख ६२ हजार रुपैयाँमा सिमित भएको छ । असोज मसान्तसम्म फण्डको बैंक मौज्दात ८४ करोड २२ लाख ३४ हजार रूपैयाँ रहेको थियो ।

फण्डले सार्वजनिक गरेको कार्तिक मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारको छ:

61a57a97bf428.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको