Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, ०७ : ५५ मा प्रकाशित

नेप्सेमा मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

बैंकको १७.५७५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ५ सय ७१ रूपैयाँ ६४ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ६ सय ७२ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, हिजो (मंसिर १४ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २५ गते, शनिबार होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजेदेखि सुरू हुँदैछ । सभामा बैंकको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८।५० लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

61a6d9c82672c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको