Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

अर्थ संसार

बुधबार, १५ मंसिर २०७८, १३ : ११ मा प्रकाशित

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार नबिल बैंक लिमिटेडकाे ऋणपत्र सूचिकृत भएकाे छ ।

स्टकका अनुसार "८%  नबिल डिबेन्चर २०८५" काे २२ लाख ७ हजार एक सय ८ कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

बैंकले साउन १० गते आईतबारबाट साउन २४ गते, आईतबारसम्म ७ वर्ष अवधिको ८ प्रतिशत व्याजदर रहेको  "८%  नबिल डिबेन्चर २०८५" नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएकाे हाे । सर्वसाधारणका लागि छुट्याइएकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61a724f6bdf0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको