Like us!
Follow us!
Connect us!
Watch us!

परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो : प्रचण्ड

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, १३ : २० मा प्रकाशित

परिवर्तन उल्ट्याउन खोज्नेलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन् । 

पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए । 

गत सालको प्रतिगमनविरोधी आन्दोलनमा लाखौँ जनता परिचालित गर्‍यौँ र त्यो प्रतिगमनलाई असफल बनायौँ’, उनले भने, ‘जनताको साथ लिएर संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्‍याइयो ।’

जस्तोसुकै मुल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रचण्डको प्रतिवद्धता छ । समानुपातिक समावेशीलाई आफूहरूले व्यवहारमा लागु गरिसकेको भन्दै उनले आफूहरुकै कारण स्थानीय तहमा सबैको प्रतिनिधित्व भएको दाबी गरे । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको