Like us!
Follow us!
Connect us!
Watch us!

"ललिता निवास क्याम्प भित्रको जग्गा सरकारी हो भन्ने मलाई कुनै जानकारी थिएन"- यस्तो छ व्यवसायी मिनबहादुर गुरुङको बयान

अर्थ संसार

शुक्रबार, ०८ भदौ २०८०, ११ : ४७ मा प्रकाशित

"ललिता निवास क्याम्प भित्रको जग्गा सरकारी हो भन्ने मलाई कुनै जानकारी थिएन"- यस्तो छ व्यवसायी मिनबहादुर गुरुङको बयान

 बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङले ललिता निवास जग्गा प्रकरणमा आफुले व्यक्तिको नामको जग्गा किनेको बयानमा बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समक्ष गुरुङले हिरासतमा वकिलसमक्ष बयान दिने क्रममा उनले सरकारी नभई व्यक्तिको नाममा रहेको जग्गा किनेको बयान दिएका छन्।  ।

प्रतिवादी मिन बहादुर गुरुङको बयान (जग्गा फिर्ता २०४९):-

का.जि.का.म.पा. ४ बालुवाटार स्थित ललिता निवास क्याम्प भित्रको मलाई याद भए सम्मको सिट नं. १०२५-१५ को कि.नं. २८६ को ०-५-०-०, कि.नं. ५७ को ०-४-०-०, कि.नं. ५८ को ०-०-१-०, सिट नं. १०२५-२० को कि.नं. ८१ को ०-१-०-०, कि.नं. १२ को ०-०-२-२, कि.नं. १४ को ०-०-०-०.५ समेत कुल क्षेत्रफल ०-१०-३-२.५ जग्गा र.नं. १०९१० बाट मिति २०६०/११/२५ गते बिद्या पौडेलबाट सरला घले गुरुङ र उमा कुमारी ढकालको संयुक्त नाममा  खरिद गरि लिएको, सिट नं. १०२५-१५ को कि.नं. १० को २-६-०-१, कि.नं. १७ को ०-१-०-२, कि.नं. ७९ को ०-४-२-३, कि.नं. ८२ को ०-२-०-२ समेत गरी जम्मा २-१४-०-० जग्गा र.नं. १२८२६ बाट मिति २०६०/१२/२५ गते शैलजा राणा, हेमनशमसेर ज.ब.रा. र हाटकशमसेर ज.ब.रा. बाट सरला घले गुरुङ, उमा कुमारी ढकाल र माधवी सुवेदीको संयुक्त नाममा खरिद गरि लिएको,सिट नं. १०२५-१५ को कि.नं. २८२ को १-४-३-२, कि.नं. २८५ को ०-२-१-२ समेत १-७-१-० जग्गा र.नं. १२८२८ बाट मिति २०६०/१२/२५ गते शैलजा राणा, हेमन शमसेर ज.ब.रा. र हाटकशमसेर ज.ब.रा. बाट सरला घले गुरुङ, उमा कुमारी ढकाल, माधवी सुवेदी र विनिता अधिकारीको संयुक्त नाममा खरिद गरि लिएको, सिट नं. १०२५-१४ को कि.नं. २३ को ५-२-०-०, कि.नं. ४ को ०-०-०-३, कि.नं. ११७ को ०-०-३-२, कि.नं. १३१ को ०-०-२-१, कि.नं. ६ को ०-०-०-१ समेत जम्मा ५-३-२-३ जग्गा रुक्म शमसेर ज.ब.रा., सुनिती राणा र शैलजा राणा समेतबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरि लिएको, सिट नं १०२५-१५ को कि नं  २१० को ०-१०-२-० जग्गा लक्ष्मी महर्जनको नामबाट सरला गुरुङ, माधवी सुवेदी र उमा कुमारी ढकाल्नीको नाममा संयुक्त नाममा रा.पा. भई खरीद गरेको,सिट नं.१०२५-१४ को कि नं ४७ को ०-०-‍१-२ , कि नं ४९ को ३-०-१-०, कि नं ४१ को ०-३-०-२ , कि.नं. ८ को ०-०-३-२ समेत जम्मा ३-४-२-२ रोपनी जग्गा बसनारायण महर्जनको नामबाट सरला गुरुङ, माधवी सुवेदी र उमा कुमारी ढकालको नाममा संयुक्त नाममा भई खरीद गरेको, सिट नं.१०२५-१४ को कि.नं. १२५ को ०-१-०-०, कि.नं. ११८ को ०-०-२-१, कि.नं. १२१ को ०-०-३-२, कि.नं. १२३ को ०-०-३-०, कि.नं. १२८ को ०-१०-३-० र कि.नं. १३० को ०-२-०-० समेत गरी जम्मा ०-१५-३-३ जग्गा बैकुण्ठ शर्मा रेग्मीको नामबाट सरला घले गुरुङको नाममा खरिद गरेको,सिट नं.१०२५-१४ को कि.नं. १२२ को ०-१-०-०, कि.नं. ११३ को ०-१-१-१, कि.नं. १२० को ०-०-२-३ समेत गरी जम्मा ०-३-०-० जग्गा बिद्या पौडेल गौतमकोनामबाट सरला घले गुरुङको नाममा खरिद गरेको,सिट नं. १०२५-१५ को कि.नं. २१३ को २-०-२-१, कि.नं. २३७ को ०-२-२-०, कि.नं. २३४ को ०-०-३-२, कि.नं. २०६ को ०-०-२-०, कि.नं. ३०१ को ०-०-१-०, कि.नं. ३०२ को ०-०-१-२, कि.नं. २०९ को ०-५-०-२, कि.नं. १४० को ०-०-३-० र कि.नं. १२७ को ०-०-३-० समेत गरी जम्मा २-९-२-३ जग्गा शैलजा राणा, हेमनशमसेर ज.ब.रा. र हाटकशमसेरज.ब.रा.को नामबाट सरला घले गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१२ कि.नं. २३ को ०-११-०-३, कि.नं. १५९ को ०-२-२-०, कि.नं. १६० को ०-०-२-०, कि.नं. २९९ को ०-१-०-१, कि.नं. २०४ को १-८-०-०, कि.नं. १६२ को ०-७-०-१, कि.नं. १६४ को ०-६-०-३, कि.नं. २०३ को ०-८-०-०, कि.नं. २०१ को ०-३-०-०, कि.नं. १९९ को ०-१५-३-२, कि.नं. ३८ को ०-२-०-१, कि.नं. १३५ को ०-४-१-१, कि.नं. १३९ को ०-७-०-३, कि.नं. १४१ को ०-५-०-०, कि.नं. १८१ को ०-२-१-३, सिट नं. १०२५-१९ को कि.नं. ९ को ०-१-०-०, कि.नं. ११ को ०-१०-०-२, कि.नं. १३ को ०-१०-०-२, सिट नं. १०२५-२० को कि.नं. १ को ०-०-३-३, कि.नं. २ को ०-३-२-२, कि.नं. ३ को ०-४-२-२, कि.नं. ७८ को ०-३-३-१, कि.नं. ७३ को ०-२-१-२, कि.नं. ७५ को ०-०-१-१, कि.नं. ५ को ०-६-१-३, सिट नं. १०२५-१४ को कि.नं. ५ को ०-१-०-१, कि.नं. २४ को ०-३-२-१, कि.नं. २५ को ०-०-०-२, सिट नं. १०२५-१५ को कि.नं. १४ को ०-०-२-०, कि.नं. १३६ को ०-०-२-२, कि.नं. १८ को ०-५-१-२, कि.नं. १३३ को ०-१३-०-१, कि.नं. १२९ को ०-४-१-२ र कि.नं. १८९ को १-२-०-२ समेत गरी जम्मा १२-१-१-१ जग्गा रुक्म शमसेर ज.ब.रा., सुनिती राणा र शैलजा राणाको नामबाट सरला घले गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१५ को कि.नं. २०७ को ०-११-३-०, कि.नं. १२६ को १-२-३-३, कि.नं.११४ को ०-२-०-३, कि.नं. १२४ को ०-२-३-२, कि.नं. ११९ को ०-१-०-२, कि.नं. ११२ को ०-२-१-०, कि.नं. ११६ को ०-१-२-२, सिट नं. १०२५-१४ को कि.नं. ३ को ०-०-०-३ समेत गरी जम्मा २-६-३-३ जग्गा शैलजा राणा, हेमनशमसेर ज.ब.रा. र हाटक शमसेरज.ब.रा.नामबाट म मीन बहादुर गुरुङको छोरा कल्याण गुरुङको नाममा खरिद गरिएको,सिट नं. १०२५-१५ को कि.नं. ३१७ को १-४-१-०.५, कि.नं. ८३ को ०-१३-३-१ समेतको जग्गा २-२-०-०.५जग्गा बेखा नारायण महर्जन र हेमाद्री शमशेर राणाको नामबाट मीन बहादुर गुरुङ, शोभाकान्त ढकाल र राम कुमार सुवेदी समेतको ३ जनाको नाममा संयुक्त खरिद गरेकोसिट नं. १०२५-१४ को कि.नं. २७ को १-१-२-१ कि.नं. ३१ ०-३-१-३, कि.नं. ७ को ०-१-२-१, कि.नं. ३३ को ०-९-०-०, कि.नं. ३४ को ०-४-०-१ , कि.नं. ४० को ०-७-०-०, कि.नं. ४३ को ०-१-१-२, सिट नं. १०२५-१५ को कि.नं. १५१ को ०-५-०-०, कि.नं. १४९ को ०-१-०-०, कि.नं. १५२ को ०-१-१-१, कि.नं. १५३ को ०-६-२-३, कि.नं. १५४ को ०-४-१-१, कि.नं. १६९ को ०-१-३-२, कि.नं. १७० को ०-०-१-३, कि.नं. १७१ को ०-१-०-१, कि.नं. १६६ को ०-०-३-०, कि.नं. १७६ को कि.नं. ०-९-०-०, कि.नं.१७८ को ०-७-१-० समेतको जम्मा ५-२-२-३ रुक्म शमसेर ज.ब.रा., सुनिती राणा र शैलजा राणाको नामबाट मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१४ को कि.नं. ४४ को क्षेत्रफल ०-५-३-०, सिट नं. १०२५-१५ को कि.नं. ४६ को ०-५-१-०, समेत गरी जम्मा क्षेत्रफल ०-११-०-० रामदेवी महर्जन, उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१४ को कि.नं. ३२ को क्षेत्रफल ०-९-०-० लक्ष्मी नारायण महर्जन, उमा कुमारी ढकाल, माधवी सुवेदी को नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१४ को कि.नं. २८ को क्षेत्रफल ०-१-१-०, कि.नं. ३० को ०-५-२-०, सिट नं. १०२५-१५ को कि.नं.१५८ को ०-६-३-०, कि.नं.१६५ को ०-०-२-२, कि.नं. १६८ को ०-०-०-२ गरि जम्मा ०-१४-१-० जग्गा मोहन माया तण्डुकार, उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं.१०२५-१५ को कि.नं. १७७ को क्षेत्रफल ०-७-१-० जग्गा सुश्री पुर्ण महर्जन, उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१५ को कि.नं. १९० को क्षेत्रफल ०-६-०-२, कि.नं.३०६ को ०-०-३-०, कि.नं. ७७ को ०-१-०-१, कि.नं. ७४ को ०-०-०-३ समेत गरी जम्मा ०-८-०-२ जग्गा राम कल्याण अधिकारीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१५ को कि.नं. २०८ को क्षेत्रफल ०-११-२-२, कि.नं. ३०० को क्षेत्रफल ०-०-१-२ समेत गरी जम्मा ०-१२-०-० विल बहादुर महर्जन, उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१४ को कि.नं. १६ को १-०-१-२, कि.नं. १५ को ०-१०-१-३, कि.नं. १७ को ०-०-२-०, कि.नं. ४२ को ०-०-१-३, कि.नं. ३६ को ०-०-१-२, कि.नं. ३५ को ०-०-३-३, सिट नं. १०२५-१५ को कि.नं. ४४ को ०-०-०-३, कि.नं. २८ को ०-१-१-२, कि.नं. १८० को ०-०-१-२, कि.नं. १७९ को ०-०-२-२ समेत गरी जम्मा १-१५-२-२ पंच नारायण महर्जन, उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको,सिट नं. १०२५-१९ को कि.नं. १० को १-१-०-० जग्गा आशा नारायण महर्जन, उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-२० को कि.नं. ७२ को ०-१२-०-२, कि.नं. ७६ को ०-०-१-२ समेत गरी जम्मा ०-१२-२-० जग्गा हेरा माया महर्जन, उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको,सिट नं. १०२५-१४ को कि.नं. १५७ को ०-०-३-०, कि.नं. १५० को ०-५-१-० गरी जम्मा ०-६-०-० जग्गा श्रीमति मोहन महर्जन, उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१४ को कि.नं. ३९ को ०-१५-०-३, कि.नं. ३७ को ०-०-३-१, सिट नं. १०२५-१५ को कि.नं.१३४ को ०-४-१-३, कि.नं. १३७ को ०-०-३-१, कि.नं. १३८ को ०-२-१-० समेत गरी जम्मा क्षेत्रफल १-७-२-० तरिवावु महर्जन, उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, सिट नं. १०२५-१५ को कि.नं. १८२ को ०-५-१-० जग्गा तिर्थनारां महर्जन,उमा कुमारी ढकाल र माधवी सुवेदीको नामबाट म मीन बहादुर गुरुङको नाममा खरिद गरिएको, यसै गरी म संचालक रहेको भाटभटेनी डेभलपमेण्ट कम्पनी प्रा.लि.को नाममा सरला घले गुरुङ, उमा कुमारी ढकाल, माधवी सुवेदी र विश्वराम खड्काबाट ४-७-२-० जग्गा खरिद गरिएको समेत म र मेरो परिवारका सदस्यहरु तथा कम्पनी समेतको नाममा करिब ३८-०-०-० (अठतिस रोपनी) जग्गा खरिद गरेकोमा करिब १४-०-०-० (चौध रोपनी) बिभिन्न व्यक्ति तथा संस्थाहरुलाई बिक्री गरी सकिएको र म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४-०-०-० (चौबिस रोपनी) जग्गा बाँकी छ । खरिद गरेको जग्गाको मूल्य चुक्ता गरी, नेपाल सरकारलाई नियमानुसार बुझाउनु पर्ने राजश्व बुझाई मेरो नाममा खरिद गरी लिएको हुँ ।भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही संचालनमा रहेको छ । उक्त कम्पनीको संचालकहरुमा म, मेरो श्रीमती साबित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छौं । म र मेरी श्रीमती साबित्री गुरुङको नाममा ५१% शेयर रहेको छ भने रामकुमार सुवेदी र शोभाकान्त ढकालको नाममा ४९%  शेयर लगानी रहेको छ । हामीले ललिता निवास क्याम्प भित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ती, आदीको व्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. दर्ता गरेका हौं । ललिता निवास क्याम्प भित्रको अं. ५ (पाँच) रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि.को नाममा खरिद गरेका हौं । कम्पनीको संचालक समितिको अध्यक्ष भनी कोही कसैलाई तोकिएको छैन । ललिता निवास क्याम्प भित्रको सरकारी जग्गाहरु हाल साविक भए पश्चात विभिन्न जग्गा धनीहरुसँग हामीले कम्पनीको नाममा समेत खरिद गरेका थियौं । मैले र मेरो परिवारका सदस्यहरुले जग्गा खरिद गर्दा नेपाल सरकारले जारी गरेको जग्गाधनी प्रमाण पूर्जा (लाल पूर्जा) हेरी मालपोत कार्यालय, डिल्ली बजार, काठमाडौंमा रहेको मोठ, श्रेस्ता भिडाई जग्गाधनीलाई रकम भुक्तानी गरी नेपाल सरकारले तोकेको राजश्व तिरी गरी जग्गा खरिद गरेका हौं । उल्लेखित जग्गाहरु खरिद गर्दाको समयमा सरकारी जग्गा भन्ने थाहा भएन । ललिता निवासको जग्गा म, मेरो परिवारका सदस्यहरु र म आवद्ध कम्पनी समेतको नाममा २०६१ साल फागुन महिना पछी तत्कालीन जग्गाधनीहरुसँग रहेको जग्गाधनी पूर्जाको आधारमा मालपोत कार्यालय, डिल्ली बजार, काठमाडौंमा रहेको मोठ, श्रेस्ता भिडाई जग्गाधनीलाई रकम भुक्तानी गरी नेपाल सरकारलाई जग्गा खरिद गरे बापत बुझाउनु पर्ने राजश्व बुझाई जग्गा खरिद गरेका हौं । म, मेरो परिवारका सदस्य तथा म आवद्ध कम्पनी समेतको नाममा खरिद गरेको ललिता निवास क्याम्प भित्रको जग्गा सरकारी हो भन्ने मलाई कुनै जानकारी थिएनभन्ने ब्यहोराको मिन बहादुर गुरुङको बयान ।

घ )प्रतिवादी मिन बहादुर गुरुङको बयान (जग्गा सट्टापट्टा २०६७):-

मेरो राम कुमार सुवेदी र  शोभाकान्त ढकाल सँग २०६०/२०६१ साल तिर ललिता निवास क्याम्प भित्रको जग्गा खरिद गर्ने समयमा भेटघाट भई चिनजान भएको हो । सो पश्चात ललिता निवास क्याम्प भित्रको जग्गा हामी तिन जनाको संयुक्त नाममा समेत खरिद गरेका हौं । सो पश्चात हामी ३ जना मिली भाटभटेनी डेभलपर्स प्रा.लि. खोली जग्गा बिकासको काम गरेका हौ । भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रही संचालनमा रहेको छ । उक्त कम्पनिको संचालकहरुमा म, मेरो श्रीमती साबित्री गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाल रहेका छौ । म र मेरी श्रीमती साबित्री गुरुङको नाममा ५१% शेयर रहेको छ भने रामकुमार सुवेदी र शोभाकान्त ढकालको गरी ४९%  शेयर लगानी रहेको छ । हामीले  ललिता निवास क्याम्प भित्र खरिद गरेको जग्गामा ढल, बाटो, बत्ति आदीको ब्यवस्था गर्न भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि. दर्ता गरेका हौ । ललिता निवास क्याम्प भित्रको अं. ५ रोपनी जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लि.को नाममा खरिद गरेका हौ । कम्पनीको संचालक समितिको अध्यक्ष भनी तोकिएको छैन । ललिता निवास क्याम्प भित्रको जग्गाहरु हाल साबिक भए पश्चात विभिन्न जग्गा धनीहरुसँग हामीले कम्पनीको नाममा समेत खरिद गरेका हौ । नेपाल सरकारको स्वामित्वमा रहेको जग्गामा मोही लाग्छ, लाग्दैन मलाई केही थाहा छैन, म अनभिज्ञ रहेको छु । कम्पनीको बहुमत शेयर मेरो नाममा रहे पनि  म अन्य ब्यवसायको  सिलसिलामा ब्यस्त हुने भएको हुँदा  उक्त कम्पनीको काम कारबाही रामकुमार सुबेदीले गर्ने भएको हुँदा बहुमत शेयर मेरो नाममा भए पनि  मलाई जानकारी नभएको हो । २०६७ सालमा सम्माननीय प्रधानमन्त्रीज्यूको निवास विस्तारको क्रममा काठमाडौं जिल्ला का.म.पा वडा नं.४ को   सिट नम्वर १०२५-१५ को साबिक कि.नं.७५ को ५९५.८० ब.मि.  जग्गा मध्ये हालको कि.नं. २११ को ९९.३५ ब.मि. र ५९१ को ३३.७९ ब.मि. जग्गा जग्गाधनी पुर्जाको आधारमा खरिद गरेको हो । सो जग्गाहरु ब्यक्तिको नाममा कायम भए पश्चात खरिद गरिएको हो । सो जग्गा के कति रकममा को कसबाट खरिद गरिएको थियो हाल मैले बिर्सिए । मैले ब्यक्तिको जग्गा खरिद गरेको हुँ, सरकारी जग्गा खरिद गरेको होईन । ललिता निवास क्याम्प भित्रको मेरो, मेरो परिवार तथा मेरो आफन्तको नाममा दर्ता कायम भएको जग्गाहरु खरिद गर्दा स्थलगत रुपमा साँध सिमाना छुट्याईएको थियो । उक्त जग्गाहरुको साँध सिमाना हाल एकिन गर्न सक्दिँन । मोहीहरुको बारेमा मलाई कुनै जानकारी छैन । सो सम्वन्धमा निज रामकुमार सुवेदीलाई थाहा होला । सो जग्गाहरु मेरो परिवार तथा आफन्तहरुको लागी आवास बनाउनको लागी साथै भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरको गोदाम घर बनाउनको लागी खरिद गरिएको हो । उक्त समयमा उक्त जग्गाहरुमा जाने बाटो थिएन । सो जग्गासँग जोडिएको जग्गा खरिद गरी बाटो जोड्ने योजनाका कारण पहिले बाटो नभएको जग्गाहरु खरिद गरिएको हो । जग्गा पास गर्नको लागी घरबाटो सिफारिस लिएका थियौ । ललिता निवासको जग्गा म र मेरो परिवारले २०६१ सालको सेरोफेरोमा तत्कालिन जग्गाधनी सँग रहेको जग्गाधनी पुर्जाको आधारमा खरिद गरेका हौं । उक्त सरकारी जग्गा हिनामिना सम्वन्धमा मेरो तथा मेरो परिवारका सदस्यहरुको कुनै संलग्नता रहेको छैन । ललिता निवास क्याम्प भित्रको मेरो तथा मेरो परिबारहरुको नाममा खरिद गरेको जग्गामा मात्र मैले लगानी गरेको हो । निजले आफ्नो बयानमा किन त्यस्तो व्यहोरा लेखाए, मलाई थाहा भएन ।२०६७ सालमा बिशिष्ट व्यक्तिहरुको निवास परिसर बिस्तार गुरुयोजना बमोजिम बिस्तारित क्षेत्रमा म समेतको नाममा रहेको भाटभटेनी डेभलपर्सको नाममा रहेको १० आना २ पैसा जग्गा परेको थियो । सो बापत सट्टापट्टा भनी के कुन कित्ताको के कति क्षेत्रफल सट्टापट्टा आएको थियो मलाई थाहा छैन । म र मेरो परिवारले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेका हौ । मैले तथा मेरो परिबारले जग्गा धनी पुर्जा हेरी नियमानुसारको राजस्व तिरी सम्वन्धित जग्गा धनीहरुलाई नगदै रकम बुझाई जग्गा खरिद गरेका हौ । हाल अं २९ रोपनी जती जग्गा म,  मेरो  परिबार तथा नातेदारहरुको नाममा दर्ता कायम रहेको छ । म, मेरो परीवार तथा मेरो आफन्तको नाममा खरिद गरेको जग्गामा अं. २/३ करोड लगानी भएको छ ।  सो सम्वन्धमा मलाई थाहा छैन । नेपाल सरकारको नामबाट बिभिन्न व्यक्तिहरुको नाममा जग्गा नामसारी, दाखिल खारेज भईसके पश्चात म समेतले साविक जग्गाधनी सँग तोकिएको मोल तिरी जग्गा खरिद गरेको हो । मैले भाटभटेनी सुपर मार्केटको परिसर बाहिर पारिवारीक आवास बनाउने सोच राखि रहेको थिएँ, यकिन मिति याद भएन, २०६० साल माघ महिनाको दिन बिहान पख श्रीमती साबित्री गुरुङ समेतलाई साथमा लिई मर्निङ वाकको क्रममा बालुवाटार पुग्दा चौरमा केही बालबालिकाहरु भलिबल खेल्दै गरेको देखेको थिएँ, उक्त जग्गामा घाँस, घारी र ढल बगिरहेको अवस्था थियो, उक्त जग्गा देख्दा यहाँ पनि खाली जग्गा रहेछ भन्ने थाहा पाएको हुँ, सो को करिब १०/१५ दिन पछि मेरो दाई नाताका रामकाजी कोने, विश्व प्रकाश पण्डित र दिपक भन्ने व्यक्ति समेतले भाटभटेनी स्थित भाटभटेनी सुपर मार्केटको प्राङ्गणमा मलाई भेटी बालुवाटारको जग्गा बिक्रीमा आएको छ, तपाईं पनि खरिद गर्ने भए कुरा गरौं भन्दा मैले मेरो लागि २/३ रोपनी जग्गा राखि दिनु भनेको थिएँ, सो को करिब २/३ दिन पछि शोभाकान्त ढकाल, राम कुमार सुवेदी, विश्व प्रकाश पण्डित, रामकाजी कोने समेत अन्य ३/४ जना मानिसहरु भाटभटेनी स्थित भाटभटेनी सुपर मार्केटको कार्यालयमा आई मलाई भेटी बालुवाटार स्थित शैलजा राणा, सुनिति राणा, रुक्म शमसेर ज.ब.रा., हेमाद्री शमसेर ज.ब.रा., हाटक शमसेर ज.ब.रा. र हेमन शमसेर ज.ब.रा. समेतको नाममा दर्ता कायम रहेको जग्गा खरिद गर्नु पर्यो  भनी मलाई प्रस्ताव गरी जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा, नक्सा समेतका आवश्यक कागजात देखाएकोमा मैले कागज हेर्दा जग्गामा मोही समेत देखिएको, एक जनाको नाममा दर्ता रहेको जग्गा अर्को व्यक्तिको नाममा रहेको जग्गाले छेकेको, जग्गामा जाने बाटो समेत नभएकोले यस्तो झमेला भएको जग्गा खरिद गर्न सक्दिँन भन्दा शोभाकान्त ढकाल र राम कुमार सुवेदीले १५ दिन भित्र मोही मिलाउँछौं, राणा परिवारको जग्गा समेत खरिद गर्ने व्यवस्था मिलाउँछौं, तपाईंले जग्गा किन्दा फरक पर्दैन भनि विश्वाश दिलाएको र सो भन्दा अघि नै उक्त क्याम्प भित्रको केही जग्गा निज शोभाकान्त ढकाल, राम कुमार सुवेदी, विश्व प्रकाश पण्डित समेतले खरिद गरिसकेको भनि जानकारी गराएकोले निजहरुले भनेको कुरामा विश्वाश गरी ललिता निवास क्याम्प भित्रको जग्गाहरु  नियमानुसार राजस्व तिरी  सम्वन्धित जग्गा धनीलाई नगदै रकम दिई खरिद गरेको हुँ ।उक्त जग्गामा जानको लागि आवश्यक पहुँच मार्गको लागि समेत निज शोभाकान्त ढकाल र राम कुमार सुवेदीको पहलमा हेमाद्री शमसेर ज.ब.रा. सँग ०-१२-०-० रोपनी जग्गा राम कुमार सुवेदी, शोभाकान्त ढकाल र म समेतको संयुक्त नाममा खरिद गरेका हौं । हाल उक्त ०-१२-०-० रोपनी जग्गा ललिता निवास क्याम्प भित्रको जग्गामा रहेको भाटभटेनी सुपर मार्केटको गोदाम र सो भित्रका अन्य कित्ता जग्गामा जाने बाटोको रुपमा प्रयोग भईरहेको छ । तत्कालिन समयमा निज कुमार रेग्मी म समेतको स्वामित्वमा रहेको व्यवसायको कानूनी सल्लाहकार रहेको र निजले म सँग घर बनाउने प्रयोजनका लागि बालुवाटारमा जग्गा खरिद गर्ने ईच्छा व्यक्त गरेकाले मैले आफ्नो नाममा रहेको उल्लेखित कित्ता र क्षेत्रफलको जग्गा तत्काल चलनचल्तीको मुल्य लिई निजलाई बिक्री गरेको हुँ, के कति रकममा बिक्री गरें, लिखत हेर्दा थाहा हुन्छ । म तथा मेरो परिवारका सदस्यहरु र मेरो स्वामित्वको कम्पनी समेतको नाममा खरिद गरेको ललिता निवास क्याम्पको जग्गा मध्ये कि.नं. ७९ को २१७ व.मि. जग्गा वैशालि ट्रेड लिंकलाई, कि.नं. ८० को ५.९४ ब.मि. जग्गा माया गौचनलाई, कि.नं. ४६६ को २५.८ र कि.नं. ९४ को ४२.७ व.मि. जग्गा नुतन श्रेष्ठलाई, कि.नं. ६३ को ४७.७ व.मि. जग्गा विजेन्द्र जोशीलाई,कि.नं. १२८ को २७४ व.मि., कि.नं. ७० को ९५.४ व.मि.  जग्गा संगिता राखेचालाई बिक्री गरेको छु, सो बाहेक अन्य को कसलाई के कति जग्गा बिक्री गरियो, यकिन भन्न सक्दिँन ।मैले ललिता निवास क्याम्प भित्रको जग्गा खरिद गर्ने क्रममा २०६० सालको फागुन/चैत्र महिना तिर मात्रै राम कुमार सुवेदी र शोभाकान्त ढकाल समेतलाई चिनेको हुँ, तत्कालिन अवस्थामा म समेतले खरिद गरेको ललिता निवास क्याम्प भित्रको जग्गामा पहुँच मार्गको लागि समेत २०६०/०६१ साल तिरै शोभाकान्त ढकाल र राम कुमार सुवेदीको पहलमा हेमाद्री शमसेर ज.ब.रा. सँग ०-१२-०-० रोपनी जग्गा राम कुमार सुवेदी, शोभाकान्त ढकाल र म समेतको संयुक्त नाममा खरिद गरेका थियौं, प्रधानमन्त्री निवास परिसर बिस्तारको क्रममा निवास परिसर बाहिरको बाटो २०६७ सालमा मात्र बनेको हो, उक्त बाटो तयार हुँदा तत्काल हामी समेतको स्वामित्वमा रहेको ललिता निवास क्याम्प भित्रको जग्गा हुँदै निर्माण भएको हो भन्ने समेत व्यहोराको बयान ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको