Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंककाे साधारण सभा सम्पन्न, १६ लाभांश पारित

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, १४ : ४९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंककाे साधारण सभा सम्पन्न, १६ लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३५ औँ साधारण सभा आज शुक्रबार बैंककाे केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौँमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिको अध्यक्ष पृथ्वीबहादुर पाँडेकाे अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजनाहरू, कार्यसम्पादन लक्ष्य र रणनीतिहरूका बारेमा छलफल भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमाेजिम गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२.६११ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेकाे छ । 

यस वर्ष बैंकले ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल १६८ अर्बबाट वृद्धि भई १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको १४० अर्बबाट वृद्धि भई १६२ अर्ब रुपैयाँ पुगेको छ ।


नेपाल इन्भेस्टमेन्ट बैंकले ८८ शाखा, १३१ एटिएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व सङ्कलन काउन्टरहरू र ५८ शाखारहित बैङ्किङ काउन्टरहरूमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको