Like us!
Follow us!
Connect us!
Watch us!

अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ : कमल थापा

अर्थ संसार

आइतबार, १९ मंसिर २०७८, १७ : ११ मा प्रकाशित

अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् ।

हिन्दु राष्ट्र र राजसंस्था मान्यता बोक्दै निरन्तर आवाज उठाउँदै आएका थापाले अहिले यी मान्यतामाथि मनभित्र प्रश्न उठेको संकेत गरेका छन् । थापाले आज विहान राप्रपा अध्यक्ष पदमा पराजित भएपछि निर्मल निवासको नांगो हस्तक्षेपका कारण आफू पराजित हुन पुगेको उल्लेख गरेका छन् ।

दिउँसो फेरि उनले राजसंस्था र हिन्दु राष्ट्रको आफ्नो मान्यतामाथि अन्तर्मनभित्र गम्भीर प्रश्न चिन्ह खडा भएको उल्लेख गरेका हुन् । यसमा उनले राजेन्द्र थापाको कविता पनि उल्लेख गरेका छन् । जसमा मन फाटेपछि कसरी सिलाउने भनेर प्रश्न गरिएको छ ।

'मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो,' थापाले कविता उल्लेख गर्दै भनेका छन् ।

'पोहोर साल खुशी फाट्दा

जतन गरि मनले टाले

त्यहि साल माया फाट्यो

त्यसलाई पनि मनले टाले

यसपाली त मनै फाट्यो

केले सिउने केले टाल्ने हो?'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको