Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ तथा साना लगानिकर्ताहरुलाई शिवचन्द्रका १० लगानी सुत्र !

अर्थ संसार

सोमबार, २० मंसिर २०७८, १६ : ०४ मा प्रकाशित

नयाँ तथा साना लगानिकर्ताहरुलाई शिवचन्द्रका १० लगानी सुत्र !

अहिले नेपालको पुँजीबजारमा करिब ८० प्रतिशत नयाँ लगानीकर्ताहरुको उपस्थिती देखिन्छ । नयाँ लगानीकर्ताहरु बजारमा प्रवेश गर्दा नेपालको पुँजी बजारले केहि महिला अघि मात्र कारोबार रकम र नेप्से परिसूचकमा नयाँ उचाई हाँसिल गरेको छ । बजार प्रवेश गरेका कतिपय नयाँ लगानीकर्ताहरुमा बजारका बारेमा धेरै कम जानकारी र ज्ञान भएको देखिन्छ । 

बजारमा प्रवेश गरेका नयाँ तथा साना लगानीकर्ताहरुले सेयरमा लगानी गर्दा कस्ता कस्तो कुरामा ध्यान दिने भनेर सामाजिक सञ्जालमा सक्रिय लगानीकर्ता शिव चन्द्रको सुझाव यस्तो छः

१.अरुले घोडा चढे भन्दैमा आफु धुरी चढ्न नखोज्ने ।

२. आफ्नो सम्पुर्ण पुँजीलाई नभई बचतबाट मात्र सेयर बजारको यात्रा सुरु गर्ने । 

३. बढ्दो बजारमा नभई घट्दो बजारमा बिस्तारै प्रवेश गर्ने । 

४. सुरुमै ऋण लिएर शर्टटर्म कारोबार गरेर प्रसस्त कमाउँछु भन्ने सोच नराख्ने ।

५. लगानीको ठुलो हिस्सालाई दिर्धकालीन हिसाब र सानो हिस्सालाई अल्पकालिन हिसाबले बजारमा लगाउने, यसैलाई क्रमिक रुपमा बढाउँदै लैजाने । 

६. कम्पनीको छनौट महत्वपुर्ण बिषय हो। भाईरल र जंक सेयर तिर ध्यान दिंदै नदिने । 

७. अनलाईन मिडिया, भाईरल बिज्ञ, क्लब हाउस, युट्युब , सामाजिक सँजालका कुराहरुलाई दिमागको चाल्नाले छानेर मात्र ग्रहण गर्ने । 

८. बिसौं बर्षको अनुभबीहरु त बिद्यार्थीकै रुपमा रहने यो बजारमा काकताली लागेर एक दुई पटक कमाएँ भन्दैमा आफुले आफुलाई बिज्ञ नै नसम्झने। अरुलाई सिकाउन भन्दा अरुबाट अझै बढी सिक्ने कोशीश गर्ने । 

९. अपरिपक्व बजारमा आफुले आफुलाई परिपक्व बनाउँदै लैजाने, कुरा सबैको सुन्ने तर अन्तिम निर्णय भने आफैमा निहित राख्ने । 

१०. सुखमा नमात्तीने, दु:खमा नआत्तीने ।

सुरुमै माथीका कुराहरुमा ध्यान दिनसके सेयर बजारमा लागेर ठुलो गल्ती गरें भनेर पछी पछुताईरहनै पर्दैन !

शुभ प्रभात
थैन्कु

स्रोतः शिवचन्द्रको फेसबुक

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको